नीति तथा कार्यक्रमको प्राथमिकता कोरोना रोकथाम, अतिक्रमित भुमि फिर्तादेखी आर्थिक पुनरुत्थान (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित भएको बताइएको छ ।
नेपाल सरकारले अवलम्वन गरेको स्पष्ट रणनीतिका कारण नेपालभित्र सवैको जीवन रक्षा गर्न सफल भएको उल्लेख गर्दै नीति तथा कार्यक्रममा आगामी दिनमा अझ बढी सतर्कता र एकता आवश्यक रहनेमा जोड दिइएको छ । कोरोना महामारी नियन्त्रण र नागरिकको जीवन रक्षालाई प्राथमिकता दिएको नीति तथा कार्यक्रममा सरकारले कोरोनाबारे सुरुदेखि नै सतर्कता अपनाएको उल्लेख गर्दै सरकारी संयन्त्रमार्फत औषधि र खाद्य वस्तुको सहज आपूर्तिको व्यवस्था गरिएको दाबी गरिएको छ ।
सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी आर्थिक वर्ष २०७७ ७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नमका सुरुआती पुँजी उपलब्ध गराउने घोषणा गरेको सरकारले संघमा ३ सय शैय्या र सातै प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने प्रस्ताव गरेको छ ।
नीति तथा कार्यक्रममा सरकारले दुई वर्षमा विद्युतीय माध्यमबाट मात्र रकमको लेनदने हुने व्यवस्था मिलाउने घोषणा गरेको छ । नीजि क्षेत्रको भुक्तानीलाई पनि विद्युतीय माध्यममा रुपान्तरण गरिने सरकारको लक्ष्य छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ
नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्