Techie IT
Mission Khabar

शनिबार थपिए ९ संक्रमित, २ सय ७६ मा कोरोना पहिचान हुँदा २५ जिल्ला रेड जोनमा


काठमाडौं । शनिबार विहान ९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । कपिलवस्तुको चन्द्रौटाका २५,३४ र ४४ बर्षिया पुरुष, पर्साको बिरगंजका २८ र २९ बर्षिया पुरुष, बर्दिया नार्खुका २८ बर्षिया महिला, सर्लाही रामनगरका १८ बर्षिया महिला, चितवन गढौलीका २५ बर्षिया महिला सिराहा सखुवाका ३० बर्षिया पुरुषमा शनिबार बिहान कोरोना पहिचान भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका तीन संक्रमितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र बाँकी ६ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परिक्षणबाट कोरोना पहिचान भएको छ ।

जोखिममा रहेका जिल्लाहरु

प्रदेश १ को उदयपुर, भोजपुर र झापा । प्रदेश २ का सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, रौतहट, बारा, पर्सा । बागमती प्रदेशका ५ काठमाडौं, भक्तपुर, धादिङ, चितवन र मकवानपुर, गण्डकी प्रदेशका बागलुङ र नवलपुर तथा प्रदेश नम्बर पाँचका कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया र नवलपरासीमा तथा सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर कोरोना संक्रमित पहिचान भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीका अनुसार पछिल्लो पटक संक्रमण पहिचान भएकाको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेका छन् । शुक्रबार मात्रै बाँकेमा ८ जना, दाङमा ३ जना, पर्सामा दुई बालक र दुई महिला गरेर ४ जना, मकवानपुरमा १ र उदयपुरमा १ जना र काठमाडौंका १ बालकमा कोरोना संक्रमण पहिचान भएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्