Techie IT
Mission Khabar

धुलिखेल अस्पताल सुत्केरी महिला मृत्यु प्रकरण : कोरोनाको आशंका, उपचारमा संलग्न चिकित्सक आइसोलेशनमा


काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएकी एक सुत्केरी महिलाको आरडीटी पोजेटिभ देखिएपछि उपचारमा संलग्न डाक्टर तथा स्वाथ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे ९ राम्चेकी २९ वर्षीया एक महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएको थियो ।

श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको उनको निधनपछिको परीक्षण रिपोर्ट पोजेटिभ आएपनि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । उनलाई कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंका गर्दै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै राखिएको छ । धुलिखेलमा निधन भएकी सुत्केरी महिला बारे थप अनुसन्धानका लागि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल पुगेको छ भने उनको उपचारमा संलग्न त्रिबि शिक्षण अस्पताल र धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परिक्षण गरेर आइसोलेसनमा राखिएको बताइएको छ ।

धुलिखेल अस्पतालमा उपचारको तयारी गर्दैगर्दा मृत्यु भएकी महिलाको आठ दिनअघि शिक्षण अस्पतालमा डेलिभरी भएको बताइएको छ । उनी बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना, भएको २४ गते नर्मल डेलिभरी भएपछि २५ गते डिस्चार्ज भएको पाइएको छ । कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएकी महिलाको निधन भएपछि धुलिखेल अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्