नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८, रेड जोनमा २६ जिल्ला

काठमाडौं । महोत्तरीका ५२ बर्षिया पुरुष र काभ्रेमा २६ बर्षे पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।
यसअघि शनिबार विहान मात्रै कपिलवस्तुको चन्द्रौटाका २५,३४ र ४४ बर्षिया पुरुष, पर्साको बिरगंजका २८ र २९ बर्षिया पुरुष, बर्दिया नार्खुका २८ बर्षिया महिला, सर्लाही रामनगरका १८ बर्षिया महिला, चितवन गढौलीका २५ बर्षिया महिला, सिराहा सखुवाका ३० बर्षिया पुरुषमा कोरोना पहिचान भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित २ सय २४ जना पुरुष र ५४ जना महिला रहेका छन् ।
अहिलेसम्म प्रदेश १ मा ३६ प्रदेश २ मा १ सय ९, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा १ सय ९ र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित पहिचान भएका छन् । काभ्रेमा संक्रमित थपिएसँगै कोरोना प्रभावित जिल्लाको संख्या २६ पुगेको छ । उपचारपछि ३६ जना डिस्चार्ज भएका छन् ।
जोखिममा रहेका जिल्लाहरु
प्रदेश १ को उदयपुर, भोजपुर र झापा । प्रदेश २ का सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, रौतहट, बारा, पर्सा । बागमती प्रदेशका ५ काठमाडौं, भक्तपुर, काभ्रे, धादिङ, चितवन र मकवानपुर, गण्डकी प्रदेशका बागलुङ र नवलपुर तथा प्रदेश नम्बर पाँचका कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया र नवलपरासीमा तथा सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर कोरोना संक्रमित पहिचान भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार पछिल्लो पटक संक्रमण पहिचान भएकाको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेका छन् । उनले अग्रपंक्तिमा बसेर कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक र नर्सलाई हतोत्साहित गराउने गतिबिधि नगर्न नगराउन सबैलाई सचेत गराएका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्