धुलिखेल सुत्केरी मृत्यु प्रकरण : सम्भावित संक्रमितको आशंकामा उनको र माईती गाउँ सिल
काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको आफ्नो घरगाउँ र माइती गाउँ सिल गरिएको छ । शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले उनको गाउँ बाह्रबिसे नगरपालिका –९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गर्ने निर्णय गरेको हो ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले यी तीनवटा वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न नपाउने जानकारी दिए । धुलिखेल अस्पतालमा मृत्यु भएकी ३० वर्षकी सुत्केरी महिला कोरोना भाइरसको सम्भावित संक्रमित रहेको भन्दै सम्भावित महामारी रोक्न उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको बताइएको छ । माइती गाउँबाट समेत उनलाई भेट्न आफन्तहरु आएकाले माइती गाउँ पनि सिल गरिएको बताइएको छ । सो क्षेत्रमा घरबाहिर निस्कन नदिन प्रहरी र सेना परिचालन हुनेछन् ।
महिलाले स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र समेत सिल गरिएको छ । मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने काम समेत सुरु गरिएको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्