Techie IT
Mission Khabar

अरबको भूमिमा अस्ताएको त्यो प्रेम : शंकरजंग इटनी


शंकरजंग इटनी । सधै जस्तो त्यो दिनको मौसम त्यती खुलेको थिएन । निलो आकाशलाई क्षण भरमै कालो बादलले ढाकेर होला अलि अध्याँरो अध्याँरै देखिन्थ्यो । तै पनि पल्लो गाँउको रामे र मैना (नाम परीवर्तीत) डाँडाको बर भञ्ज्याङमा एकाविहानै भेटघाटमा ब्यस्त । था थिएन किन भेट भए किन ? यस्तो दिनमा घरबाट निस्किएका उनीहरुको साथमा एक एक वटा भिर्ने झोला थियो । रामे एउटा सेतो गन्जी र खैरो रङको पाइन्टमा अनि मैना साधारण कुर्तामा । मैले उनीहरुलाई कता जान लागेको भनेर सोध्ने आँट गरिन । किनकी उनीहरुको मुहारमा डर, चिन्ता र भय मैले अनुभव गर्नसक्नेगरी झल्किएको थियो ।

गाँउ घर तिर भागी विवाह गरेपछि सहर भित्रिने चलन । विहे गरेर गाँउमा वस्दा अरुले अप्ठारो पार्नसक्छन भनेर सहर पसेका होलान भन्ने लाग्यो । यत्तिकैमा मैले हेर्दाहेर्दै उनीहरु सहर जाने बस चढे । मैले पनि त्यो बसलाई घरबाट परको सालडाँडो नकाट्दासम्म हेरीरहेँ ।

रामे र मैनाकोे गाउँ एउटै । मैले था पाए अनुसार गाउँमा गाइगुँइ यीनीहरु एक अर्काबीच प्रेम सम्बन्धमा छन भन्ने हल्ला थियो । सोँचे यीनीहरुको प्रेम रहिछ र भागी विबाह गर्न लागे । गाँउ घर तिर भागी विवाह गरेपछि सहर भित्रिने चलन । विहे गरेर गाँउमा वस्दा अरुले अप्ठारो पार्नसक्छन भनेर सहर पसेका होलान भन्ने लाग्यो । यत्तिकैमा मैले हेर्दाहेर्दै उनीहरु सहर जाने बस चढे । मैले पनि त्यो बसलाई घरबाट परको सालडाँडो नकाट्दासम्म हेरीरहेँ । थाहा छैन, उनीहरु कुन सहर जाँदै छन् । म पनि भोलीपल्ट काठमाडौं जानुपर्ने, पढाइको शिलसिलामा । मेरो बसाइ काठमाडौंको गौशाल नजिकै थियो । उनीहरु हिँडेपछि गाउँमा हल्ला भयो । फलानाले फलानीलाई भगायो भन्दै बुईबुइ भो । कतिपय गाँउलेले त मलाइ पनि सोधे रामे र मैना कता गएछन देखीस भन्दै । मैले देखेको कुरा सवै सुनाए । माथी बर भञ्ज्याङमा संगै थिए विहान त्यहीबाट बस चढेर सहर तिर लागे । त्यो दिन दिनभर जसो पानी पर्यो । मेरो मनभरी धेरै प्रश्नहरुको भेल बाढी नै आयो ।

दिन वित्यो महिना वित्यो, गाँउमा उनीहरुको खोजी गर्ने कसैले पनि पत्ता लाउन सकेनन् । सकुन पनि कसरी ती दुबैले अन्तरजातीय विवाह गरेर गाँउबाट भागेका थिए ।

ती जोडी कता गए होलान, कहाँ वसे होलान ? यस्तै यस्तै प्रश्न आफैले आफैलाई गरिरहे । विहान भयो, आमाले सबेरै उठेर भात पकाउनुभयो । त्यो बेला काठमाडौं आउजाउका लागि हाम्रो गाँउ भएर एउटा मात्र बस चल्थ्यो । म पनि त्यही बस चढेर काठमाडौं लागे । काठमाडौं सहर यसै पनि व्यस्त । मानीसहरु विहान उठेदेखी बेलुकासम्म मेसीन जसरी खटिनुपर्ने । नत्र कोठा भाडा र खर्च धान्न नै मुस्कील हुने । मेरो कलेज गौशाला नजिकै, म हरेक दिन विहान कलेज जाँदा सोच्थे कतै ति जोडी यही विरानो सहरमा त छैनन ? कतै बेखर्ची भए कि ? खाए की खाएन, कहाँ बसेका होलान ? यस्तै कुराहरु मनभरी भईरहे । दिन वित्यो महिना वित्यो, गाँउमा उनीहरुको खोजी गर्ने कसैले पनि पत्ता लाउन सकेनन् । सकुन पनि कसरी ती दुबैले अन्तरजातीय विवाह गरेर गाँउबाट भागेका थिए । गाउँ समाजजे भेट्टाए एक अर्काको हुन दिदैनन भन्ने सोचर नै सुरक्षित थिए होलान् । फेरी त्यती बेला समाजमा जात भातको धेरै बहस हुन्थ्यो । एक जातले अर्को जात अर्थात जात नमिल्नेसंग विवाह गर्नेलाइ गाँउ नै निकाला गरिन्थ्यो ।

एक दिन म गौशालाबाट बालाजु साथीको डेरामा जाने क्रममा गौशालाबाट स्वयम्भु यातायातको वस चढे । संयोगबस रामे पनि त्यही वसमा चढेको रहेछ । उसले मलाइ देखे पनि नदेखे जस्तो गरेर बसको पछाडी पुग्यो । बसमा मान्छे खचाखच भएकोले म पनि उभीएर यात्रा गरीरहेको थिएँ । सहचालकले मलाइ पनि वसको पछाडी जान इसारा गरीरहेका थिए । म बसको पछाडी पुगेँ मैले रामे भनेर बोलाएँ, गफ भयो । सुरुमा चिनेर पनि नदेखेको जस्तो गर्नुको कारण उसलाई मेरो डर रहेछ । जातले रामे मगर थियो उसले भगाएको केटी बाहुन । त्यसैले पनि रामेलाइ गाँउको मान्छे देखी डर लाग्नु स्वाभाविक नै हो । मैले सव थोक सोधे उसले पनि डराइ डराइ सबै कुरा भन्यो । मैले डर मान्नु पर्दैन यदि तिम्रो माया साँचो छ भने कसैले केही गर्न सक्दैन भनेर सान्त्वना दिए । हामीले यात्रा भर धेरै कुरा गर्ने मौका पाएनौ । मलाइ भोली हामी चाबेलको पिपलबोटमा विहान आठ वजे भेटेर कुरा गरौ न हुन्न, तिमीसंग धेरै कुरा गर्नुछ भनेर रामे गौंगबु बसपार्कमा ओर्लियो । मैले पनि हस भनेँ ।

उसले भन्यो कमल विहे गरेको वर्ष दिन भईसक्यो पैसा कमाउन पनि सकेको छैन म त अब विदेश जान्छु होला । कतारको लागी एक जना दाईसंग कुरा भएको थियो हुन्छ भन्नु भएको छ, यसरी आर्थीक आभावमा पिल्सीयर कति दिन वस्नु । म पनि एक छिन सोच्न बाँध्य भए, कठै मेरो देशका युवाहरुको अवस्था ।

भोलीपल्ट विहान म पनि चाबेलको पिपलबोट गए । उ पहिले नै आइसकेको रहिछ । अघिल्लो दिन बसमा धेरै मान्छे भएर होला सायद यो पटक रामेले मलाइ देख्न साथ भाबुक हुदै आखाँबाट आँसु झार्दै अंगालो हालेर रोएर भन्यो तलाइ भेटेर मलाइ आज बर्ष दिन भरी बोकेको भारी विसाय जस्तो भएको छ । कमल मैले जिन्दगी मा सही गरेँ या गलत म आफैलाइ था छैन म मैनालाइ धेरै माया गर्थे आज त्यही मायाको कारणले गर्दा नै हामी दुई एक भयौँ । तेरो र मेरो भेट भएको कुरा गाँउमा कसैलाई नी नभन है । दुख सुख गरेर डेरा लिएको छु चाबेलमा, त्यहीबाट गौंगबु वसपार्कमा दिनहुँ गएर एउटा होटलमा काम गर्छु । त्यहीबाट आएको पैसाले गुजारा चलाएको छु कमल भन्यो । म पनि उसको कुरा सुनेर एकछिन भावुक भए । अनि सोधेँ मैनाको हालखवर के छ त ? उसले मैना पनि सानो तिनो काम गर्छीन बेलामा पढ्न सकिएन दुख पाइयो अहिले काममा गएकी छिन बेलुका मात्र कामबाट आँउछीन कमल भन्दै जवाफ फर्कायो । यसरी हाम्रो भेट दिन प्रतिदिन बाक्लीदै गयो । दिन हरु क्रमश वित्दै गए शनिबार एक दिन रामेले मलाइ उसको कोठामा बोलाएर लग्यो मैनाले खाना बनाउँदैगर्दा रामेले गाउँदेखी सहरसम्म भोगेको दुखका कहानी सुनाउँदै थियो । उसले भन्यो कमल विहे गरेको वर्ष दिन भईसक्यो पैसा कमाउन पनि सकेको छैन म त अब विदेश जान्छु होला । कतारको लागी एक जना दाईसंग कुरा भएको थियो हुन्छ भन्नु भएको छ, यसरी आर्थीक आभावमा पिल्सीयर कति दिन वस्नु । म पनि एक छिन सोच्न बाँध्य भए, कठै मेरो देशका युवाहरुको अवस्था ।

यसरी त्यो दिन रामेको डेरामा खाना खाएर निस्के पछि करीब करीब एक महिना पछि मात्रै हाम्रो भेट भयो । सायद उ बैदेशिक रोजगारीमा जानको लागी अलि व्यस्त भयोहोला । मैले पनि त्यही सोँचे अन्तत उसले मलाई कतारको भिजा आएको खुसीयालीमा त्यही चाबेलको पिपलबोटमा बोलाएर भेट्यो । कतार जाने टिकटको पनि व्यवस्था भईसक्यो कमल भन्यो । कतार जाने अघिल्लो दिन रामे, मैना र म किनमेलमा निस्कीयाँै । त्यो दिन किनमेल सकेर साँझ अवेर रामेको डेरामा फर्कीयौँ । खाना खाएपछि लामो समयसम्म घर नगएकोले होला बेलुका रामेले आफनो बा आमा र गाँउ घरलाइ सम्झदै धेरै बेर म संग रोयो । गाँउ फर्कन रामेको लागी त्यती सहज थिएन । उता मैना पनि आँखाभरी आसु पार्दै भाँडा माझिरहिन् । भोलीपल्ट बेलुका रामेको सात बजेको फलाइट, पुर्याउन म अनि मैनासंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएम । रामेले देश छोड्दा मलाइ पनि कता कता नरमाइलो लाग्यो । आफनो देश छोड्न रामेलाई समय अनि परिस्थितीले बाध्य बनाएको थियो, कत्तिपनि रहर थिएन ।

एउटा गरिब केटोे अन्तरजातिय विहे गरेर सहर छिर्यो, परिवारको भविष्य बनाउन परदेशी भयो । न उसले मर्ने बेलामा अन्तिम सास आफनो भूमीमा फेर्न पायो न आफूभन्दा बढी माया गर्ने परिवारलाई भेट्न पायो । यस्तै सोचाइले मलाई धेरै दिनसम्म निन्द्रा परेन ।

रामेलेले मैनालाई सम्मान गथ्र्यो, आदर गथ्र्यो, प्रेम गथ्र्यो अनि भन्थ्यो सम्मान, आदार, प्रेम व्यवहारसंग गरीने हो शरीरसंग होइन । रामे र मैनाले एक अर्कालाई गरेको प्रेम देख्दा लाथ्यो यो संसारमा प्रेम गर्नेहरुको लागी यी जोडी उदाहरण हुन् । दिन वित्यो, महिना वित्यो, वर्ष वित्दै जाँदा रामेले कतारमा राम्रो कमाई गर्दैगयो । यता मैना पनि रामेको परिश्रम देखेर खुसी थिइन् । एक दिन काम गर्नेक्रममा रामेले चलाएको मेसिनमा विजुली सर्ट भएछ । बिजुलीको त्यही सर्ट भएको करेन्ट रामेसहित अरु दुई नेपालीलाई लागेछ । कम्पनीको सुपरभाइजले तत्काल उद्धार गरेर अस्पताल पुर्याएपनि दुर्भाग्यवस् पुरै शरीर जलेको रामे र अर्को एक नेपालीको ज्यान बचाउन नसकिएको खबर अस्पतालबाट आयो । यो खवरले मलाई कताकता भतभत पोल्यो । भोको पेट, गरीबी र ऋणको बोझले परदेशिएको रामेको जिन्दगीलाई सम्झीए, धेरै बेर मन थाम्न नसकेर रोए ।

आज रामे यो संसारमा नरहे पनि मैनाको जिवनमा खुसी छावोस सुख संमृद्धी मिलोस् । नेपाल आमाका अरु सन्ततीले आफनो आमाको काख छोडेर यसरी अकालमै परदेशी भुमिमा गएर अलप हुन नपरोस् ।

एउटा गरिब केटोे अन्तरजातिय विहे गरेर सहर छिर्यो, परिवारको भविष्य बनाउन परदेशी भयो । न उसले मर्ने बेलामा अन्तिम सास आफनो भूमीमा फेर्न पायो न आफूभन्दा बढी माया गर्ने परिवारलाई भेट्न पायो । यस्तै सोचाइले मलाई धेरै दिनसम्म निन्द्रा परेन । झल झली रामेसंग विताएका दिन र बसेर गरेका दुख सुखका पल सम्झीए । आखिर जिवन के नै रहेछ र यस्तै यस्तै । कैयाँै हाम्रा देशका युवाहरुले विदेशमा गएर मुत्युवरण गर्नुपरेको तितो यर्थात एकातिर छ भने तीनै परदेशिएका युवाहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको छ । तर सरकार युवा लक्षित कुनै कार्यक्रम ल्याउँदैन । देशको अवस्था देख्दा विरक्त लाग्छ ।

परिवारको खुसी र भविष्य खोज्न परदेशीएको रामे उतै अरबको भूमिमा अलप हुनुपर्दा मैना र उनको परिवारको लागी यो भन्दा ठुलो बज्रपात केही हुनै सक्दैन । आज मैना विहे नगरी उनकै सासु ससुरासंग गाउँमा बस्छीन भन्ने सुनेको छु । हाम्रो परीवार पनि बसाई सरेर तराई झरेको धेरै भयो । आज रामे यो संसारमा नरहे पनि मैनाको जिवनमा खुसी छावोस सुख संमृद्धी मिलोस् । नेपाल आमाका अरु सन्ततीले आफनो आमाको काख छोडेर यसरी अकालमै परदेशी भुमिमा गएर अलप हुन नपरोस् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्