Techie IT
Mission Khabar

भारतबाट नेपाल भित्रिएकामा धमाधम कोरोना पहिचान, संक्रमितको संख्या २ सय ९१


काठमाडौं \ रौतहट । रौतहटमा आइतबार बिहान १० जना कोरोना भाइरस संक्रमति थपिएसँगै नेपालमा २ सय ९१ जनामा कोरोना पहिचान भएको छ । यी दशैजना संक्रमित केही समयअघि भारतबाट आएका हुन् । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको हो ।

संक्रमति केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको स्वाबको रिपोर्टका आधारमा संक्रमण पहचिान भएको हो । वीरगञ्जमा उपचाररत कोरोना संक्रमितलाई समेत समस्या भैरहदा यी १० जनालाई समेत उपचारका लागि वीरगञ्ज नै लगिएको छ । क्वारेन्टाइनमा बसेका उनीहरुबाट परिवार र समुदायमा संक्रमणको खतरा नरहेको बताइएको छ ।

यसअघि शनिबार मात्रै १३ जनामा कोरोना संक्रमण पहिचान भएको थियो भने एक सुत्केरी महिलाको कोरोनाकै कारण निधन भएको पुष्टि भएको थियो । अहिलेसम्म कर्णाली बाहेकका ६ प्रदेशका २५ जिल्लामा कोरोना संक्रमित पहिचान भएसँगै उच्च जोखिममा परेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्