Techie IT
Mission Khabar

३० देशमा रहेका ७ हजार बढी नेपालीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ९६


काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आइतबार विहानसम्म ७ हजार ७२ जना संक्रमित पहिचान हुँदा ९६ जनाको ज्यान गएको हो ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । संयुक्त राज्य अमेरिकामा १५, संयुक्त अरब इमिरेट्स (युएई) मा ९, साउदी अरबमा २ जनाको कोरोनाकै कारण ज्यान गएको हो । आयरल्याण्ड, जापान, टर्कीमा, नेदरल्याण्ड, बहराइन स्विडेन र नेपालमा समान एक एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । मृत्यु हुनेहरु ७७ जना पुरुष र १९ जना महिला रहेका छन् । कोरोना भाइरसका कारणले यो सातामात्रै युकेमा १२, युएईमा ३, साउदी अरबमा दुई र नेपालमा एक जनाले ज्यान गुमाउने परेको छ ।

नेपाल बाहेकका देशमा समेत ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । शनिबार साँझसम्म मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एसियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ । अस्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिदा अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरु कोरोना मुक्त छन् । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएको अनुमान छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरूको समूहले तयार पारेको आँकडाअनुसार ११ देशमा गैरआवासीय नेपालीहरूको ज्यान गएको छ भने बाँकी १९ देशका नेपालीमा कोरोना भाइरस (कोभिड १९को संक्रमण पहिचान भएको छ ।

विभिन्न देशमा कोरोना संक्रमित नेपालीको संख्या

कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, युकेमा एक हजार दुई सय २१, बहराइनमा तीन सय ११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१, साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना ।

प्रभावित देशहरुमा राहत वितरणलाई समेत गैह्रआवासीय नेपाली संघले तिब्रता दिइरहेको छ । ४९ देशका तीन सय सहरहरूमा एक हजार छ सयभन्दा बढी स्वयंसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सकहरू परिचालन गरेर शनिबार साँझसम्म ३८ हजारभन्दा बढी गैरआवासीय नेपालीहरूले प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई परामर्शसेवा दिइएको छ ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार मलेसिया, युएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, पोर्चुगल, इटाली, माल्टा, साइप्रसमा संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग समेत पठाइएको छ । एनआरएनएले समस्यामा परेकाहरुलाई स्वास्थ्य तथा आर्थिक सहयोग गर्दैआएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्