थप जोखिमको आँकलन,लकडाउन जेठ २० सम्म लम्ब्याइयो

काठमाडौं । लकडाउन फेरिपनि १५ दिन थपेर जेठ २० गतेसम्म पुर्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले दैनिक कोरोना संक्रमित थपिदा जोखिमको आँकलन गरेर १५ दिन लकडाउन बढाउने निर्णय गरेको हो ।
यसअघि बैशाख २५ गतेबाट थपिएको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको छ । नेपालमा कोरोना रोकथाम तथा जोखिम न्यूनीकरणका लागि भन्दै चैत ११ गतेदेखि लकडाउनको सुरुवात गरिएको थियो । २ जना संक्रमित हुँदा सुरु गरिएको लकडाउनको ५६ दिन पुग्दा अर्थात आइतबारसम्म २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन् ।
बिभिन्न जिल्लामा अझै परिक्षण जारी रहेकोले संक्रमित थप बढ्न सक्ने देखिन्छ । काठमाडौंमा लकडाउन फितलो हुँदा कोरोना संक्रमित बढिरहेका छन् भने प्रदेश २ र पाँचमा भारतबाट आउनेमा कोरोना पोजेटिभ देखिँदा जोखिम बढेको छ । पछिल्लो समय भक्ततपुर, काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारीले समेत लकडाउन कडा बनाउन गृहमन्त्रीसँग आग्रह गरेका थिए ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्