देशभर तापक्रम बृद्धि, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै अबको केही दिन तापक्रम निरन्तर बृद्धि हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अब कुनै मौसमी प्रणाली विकसित भएपछि मात्र तापक्रम घट्ने र तत्काल वर्षा हुने सम्भावनाको पूर्वानुमान गरेको हो ।
अहिले देशको पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा छ । दिउँसो देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने बताइएको छ । आइतबार मात्रै काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० दशमलब ५ डिग्री मापन गरिएको थियो ।
पछिल्लो तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ।
जेठ ५ गते (सोमबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको पूर्वानुमान छ ।
रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षा ।
जेठ ६ गते (मंगलबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको पूर्वानुमान ।
रातीः देशको पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको पूर्वानुमान ।
जेठ ७ गते (बुधबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने आँकलन । मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हरुमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना, मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना ।
रातीः मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान । पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हरुमा मेघगर्जन सहित क्षणिक वर्षाको आँकलन ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्