आयातित तरकारी र फलफूलको कोरोना परिक्षण गर्न अदालतको आदेश
कार्यान्वयनमा शंका

काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना परिक्षण गराउन अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ । सर्बोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको इजलासले भारतबाट आयात हुने तरकारीको विषादी तथा कोरोना परिक्षण नहुँदा जोखिम बढ्नसक्नेतर्फ सचेत गराउँदै परिक्षण गरेर मात्र आयात गर्न आदेश दिएको हो ।
नेपालमा कोरोना फैलिनुको कारणमध्ये आयाति तरकारी फलफूल समेत हुनसक्ने दाबी गर्दै आदेशमा भनिएको छ -‘भारत लगायत अन्य देशहरुबाट आयात हुने फलफूल तथा तरकारी जस्ता वस्तुहरुमा पाइने विषादी तथा कोभिड–१९ को उपलब्ध भएसम्मको परीक्षण सुविधा प्रयोग गरी मात्र आयात गर्न साथै आन्तरिक रुपमै उत्पादन भएक फलफूल तथा तरकारीहरुको विषादी तथा कोभिड–१९ को समेत उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गर्ने गराउने ।’
उपभोक्ताको स्वच्छ खान पाउने अधिकारको संरक्षण गर्न भन्दै अधिवक्ता मणिराम उपाध्यायसहित पाँचजनाले रिट दायर गरेका थिए । तर सरकारका नाममा जारी भएका कतिपय आदेश कार्यान्वयन नभएका कारण यो आदेश समेत कार्यान्वयन होला भनेर विश्वास गरिहाल्ने ठाउँछैन । सरकारले व्यक्तिमा समेत परिक्षणको दायरा बढाउन नसक्दा कोरोनाको अवस्था र संक्रमण पहिचान गर्नै गाह्रो भैरहेको छ ।
क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्