Techie IT
Mission Khabar

नेपालमा कोरोना कहर : मृत्युपछि संक्रमण पहिचान, हरेकदिन बढ्दै संक्रमित


काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जनाको दाहसंस्कार गर्दा परिवारका सदस्यले टाढै बसेर नियाल्न मात्रै पाए । दुईजनाको मृत्युपछि मात्रै कोरोना पहिचान हुँदा संक्रमितहरु हरेक दिन बढिरहेका छन् ।

सिन्धुपाल्चोक राम्चेकी सुत्केरी महिलामा स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागी स्थानी स्वास्थ्य चौकी हुँदै काभ्रेको धुलिखेल अस्पताल पुर्याइयो । लकडाउनका कारण पर्याप्त सवारी साधन नहुँदा र सुरक्षा सावधानीका उपकरण एम्बुलेन्स चालकसँग नहुँदा अस्पताल पुर्याउनै ढिलाई भयो । मृत्युपछि मात्रै कोरोना भाइरस संक्रमण पहिचान भएको यो घटनाले उनको गाउँ माइती घर मात्रै होइन्, सिंगो देशलाई आतंकित बनायो । अर्को घटना पनि उस्तै उस्तै थियो । बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा राखिएका २५ बर्षे युवाको कोरोना सङ्क्रमणबाट निधन भयो । अघिल्लो रात लगातार भमेट गरेका उनले पनि समयमा उपचार पाएनन् । मृत्युपछि मात्रै कोरोना संक्रमणका कारण ज्यान गएको पुष्टि गरियो ।

यी दुई घटनाले हाम्रो स्वास्थ्य सावधानी र कोरोना संक्रमण कुन अवस्थामा छ भन्ने आँकलन गर्न गाह्रो बनाएको छ । काठमाडौं गोंगबुमा बसोबास गर्ने सुत्केरी महिलाको अन्त्यष्टी पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाह गृहमा गरियो । बाँकेका युवाको पनि तत्कालै स्थानी घाटमा अन्त्यष्टी गर्दा परिवारका सदस्य र आफन्तले शबलाई टाढै बसेर नियाल्न मात्रै पाए । मृत्युपछि मात्रै संक्रमण पहिचान भएका यी दुई घटनाले सरकार कोरोनाको पहिचान र उपचारमा जिम्मेवार नबनेको आफै प्रष्ट पारेका छन् । उपचार सुरु भएपछि संक्रमणबाट बचाउने प्रयासका बाबजुत भएको मृत्युलाई स्वास्थ्य क्षेत्रको कमजोर अवस्थासँग तुलना गर्न मिल्थ्यो होला । तर समयमै कोरोना पहिचान गर्न नसकेको यो अवस्थाले सरकारलाई मात्रै होइन्, स्वास्थ्य बिज्ञलाई नै लज्जित बनाएको छ ।

नेपालमा कोरोना संक्रमण १ सयबाट उकालो जान दिन्नौँ, कसैले मृत्युवरण गर्न पर्दैन भन्दै दाबी गर्ने स्वास्थ्य मन्त्रालयका बिज्ञ र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल आफै अहिले कोराना थप भयाबह हुने चिन्ता गरिरहेका छन् । बेलैमा साबधानि अपनाउन र क्वारेन्टाइन, आइसोलेसन लगायतको विश्वस्वास्थ्य संगठन अनुसारको मापदण्ड बनाउन कत्तिपनि चासो नदिने सरकारले संक्रमण तिब्र भएपछि चिन्ता गर्नुले नागरिक प्रतिको बेमतलबी उदांगो पारेको छ ।

सोमबार मात्रै थपिए नौँ संक्रमित, जम्मा संख्या ३ सय ४

रौतहटको इशनाथ नगरपालिकामा ८ र बारामा एक सञ्चारकर्मी गरेर सोमबार विहान मात्रै ९ जना कोरोना संक्रमित पहिचान भए । योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ४ पुगेको छ । एक सुत्केरी महिला र क्वारेन्टाइनमा बसेर कोरोनाको रिपोर्ट करिरहेका एक युवाको कोरानाकै कारण मृत्यु भएको छ । अहिलेसम्म उपचारपछि ३६ जना निको भएको सरकारी रेकर्ड छ ।

भारतहुँदै स्वादेश भित्रिएका अधिकांश व्यक्तिहरुमा पछिल्लो समय कोरोना संक्रमण पहिचान हुँदा प्रदेश २ का सबै जिल्ला, प्रदश पाँचका ५ जिल्ला सहित भारतसँग सीम जोडिएका अधिकांश जिल्ला जोखिममा परेका छन् । काठमाडौं उपत्यकासम्मै कोरोना संक्रमणको उच्च जोखिम बढ्दो छ । संक्रामक रोग विशेषज्ञहरुले लकडाउनको सुरुवाती समयदेखी नै जाँचलाई तिब्रता दिएर रोगीको पहिचान र कोरोनाको अवस्था पहिचान गर्न बारम्बार दिएको चेतावनी सरकारले नसुन्दा अहिले महामारी थप भयाबह हुँने आँकलन गर्नुपर्ने अवस्था आएको छ ।

सरकार कोरोनाको पहिचानमा मात्रै नभएर सम्भावित संक्रमित राख्ने क्वारेन्टाइन र संक्रमित पहिचान भएसँगै उपचार गर्ने आइसोलेसन बेवस्थापनमा समेत बेमतलबी बनेको देखिएको छ । अझ, नेपालको स्वास्थ्य पूर्वाधारको अवस्थाले संक्रमित थप बढ्दा पहिचान र उपचारमै समस्या हुने आँकलन गर्न थालिएको छ । कोरोना महामारीको होस्, वा अन्य कुनै रोगब्याधी वा दुर्घटनाको, मृत्यु दुखद नै हुन्छ । सरकार कोरोनाको पहिचान र उपचारमा भैरहेका गल्ति कमजोरी सच्याएर नागरिकको जिउज्यानको रक्षामा गम्भिर बनोस् । कोरोनाको कहरमा सरकारसँग आम अपेक्षा यस्तै यस्तै छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्