Techie IT
Mission Khabar

कोरोनाले मृत्यु भएकी महिलाको नवजात शिशु सहित परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ


काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरी महिलाको नवजात शिशु र श्रीमानसहित परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणबाट नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच जान सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला भोलीपल्ट सिन्धुपाल्चोकस्थित घर पुगेकी थिइन् । केही दिनमा स्वासप्रस्वास लगायतको स्वास्थ्य समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल अस्पताल ल्याइएपछि बिहिबार निधन भएको थियो । मृत्युपछि गरिएको परिक्षणबाट कोरोना पुष्टि भएपछि उनको गाउँ, माइती गाउँ र सुत्केरी हुनुभन्दा पहिला बसोबास गरेको काठमाडौंको गोंगबु क्षेत्र सिल गरेर उनको संगतमा आएका सम्भावितको कोरोना जाँचलाई तिब्रता दिइएको छ ।

नवजात शिशु, श्रीमानसहित परिवारका सदस्यमा कोरोना नभएपछि त्रासदी केही कम भएपनि संक्रमणको श्रोत पहिचान नहुदा जोखिम कायमै छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्