बढ्दै कोरोनाको महामारी, महंगिदै आम उपभोक्ताको भान्सा

काठमाडौं । कोरोना भाइरसको सन्त्रासकाबीच आम उपभोक्तको भान्सा महंगिएको छ । नेपाल राष्ट्रबैंकको पछिल्लो आर्थिक आँकडा अनुसार खाद्य सामग्रीमा उल्लेख्य मूल्यवृद्धि भएको पाइएको हो ।
राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६ ७७ को ९ महिना (साउन–चैत)सम्मको आंकडाले खाद्य तथा पेय पदार्थतर्फको मूद्रास्फीति ९.६८ प्रतिशत पुगेको देखाएको छ । सोही अवधिमा औसत: मूल्यवृद्धि ६.७४ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समुहको मुद्रास्फीति ४.४८ प्रतिशत रहँदा समग्र मूल्यवृद्धिदर नियन्त्रणमा रहेको देखिएपनि खाद्य सामाग्रीमा भएको मुल्यबृद्धी भने उच्च छ । नेपाल राष्ट्र बैंकको आँकडा अनुसार भान्सामा प्रयोग हुने तरकारी, फलफूल, मसला, दाल,गेडागुडी तथा चामलमा उच्च मूल्यवृद्धि हुँदा कोरोनाको महामारीमा सामान्य उपभोक्ता बढी मारमा परेका छन् ।
साउनदेखी चैतसम्मको अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी ७.१९ प्रतिशत, तराईमा ७.०४, पहाडमा ५.८४ र हिमालमा ४.८३ प्रतिशतले मूल्यवृद्धि भएको राष्ट्रबैकले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा काठमाडौंमा ४.७४, तराईमा ३.९५, पहाडमा ४.८० र हिमालमा ६.२० प्रतिशतको मूल्यवृद्धि सामना गर्नुपरेको थियो । यसअवधिमा गैरखाद्य तथा सेवासमुहतर्फको शिक्षा, स्वास्थ्य, कपडा, जुत्ता लगायतका सरसामानको मुल्यवृद्धि भने सामान्य नै छ ।
क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्