अमेरिकाको पहिलो कोरोना विरुद्धको भ्याक्सिनको मानव परीक्षण, सहज होला त उपचार ?

काठमाडौ । कोरोनाभाइरस महामारी रोक्ने भ्याक्सिन र औषधीको खोजमा अमेरिका, अस्ट्रेलिया, चीन, जापान, बेलायत, इटली, फ्रान्स लगायतका दर्जनौ देश क्रियाशिल भैरहेका छन् । विश्वका लागि संघर्षरत भ्याक्सिनको पहिलो चरणको खुसीको खबर भने अमेरिकाले दिएको छ । अमेरिकामा गरिएको पहिलो कोरोना भ्याक्सिन र मानव परीक्षणले सकारात्मक नतिजाले विश्वलाई कोरोनासँग लड्न सहज हुने आशा जगाएको हो ।
भ्याक्सिन बनाउने बोस्टनस्थित बायोटेक कम्पनी मोर्डनाले सोमबार साँझ एमआरएनए भ्याक्सिनको मानव परिक्षण गर्दा उनीहरुको शरीरमा साइड इफेक्ट नदेखिएको र आशालाग्दो प्रतिरोधात्मक क्षमता बढेको जानकारी दिएको छ । एमआरएनए—१२७३ नामको भ्याक्सिन लिने व्यक्तिको प्रतिरोधात्मक क्षमता भाइरससँग लड्नमा कोभिड(१९ बाट निको भइसकेका विरामी बराबर वा सोभन्दा बढी बलियो पाइएको मोर्डनाको दाबी छ । मोर्डनाका सिइयो स्टीफन बैंसलभले भ्याक्सिनको मानव प्रयोग सफल भएको भन्दै यो भन्दा राम्रो तथ्याँक आशा गर्न नसकिने बताएका छन् ।
मोर्डना कोरोना भ्याक्सिनमा काम गर्ने पहिलो अमेरिकी कम्पनी हो । यो परीक्षण उसले ४२ दिनमा सम्पन्न गरेको थियो । सबैभन्दा पहिले मानव परीक्षण उसले जनवरीमा गरेको थियो । १६ मार्चमा सिएटलमा काइजर परमानेंट रिसर्च फेसिलिटीमा सबैभन्दा पहिले यो भ्याक्सिन दुइ बच्चाको आमा ४३ वर्षिया जेनिफर नामकी महिलालाई लगाइएको थियो । पहिलो परीक्षणमा १८ देखि ५५ वर्षका ४५ सहभागी थिए । यो सकारात्मक खबरसँगै मोडर्नाको शेयरले करिब ३० प्रतिशतको छलाङ्ग मारेर ८७ डलरमाथि उक्लिएको छ ।
मोर्डनाका मुख्य चिकित्सा अधिकारी टाल जकसले भ्याक्सिनको थोरै मात्र दिँदा पनि संक्रमणसँग लड्नको लागि प्रतिरोधात्मक क्षमताले राम्रो प्रतिक्रिया दिएको बताए । भ्याक्सिनकै कारण कम्पनी मोर्डनाको शेयरमा भारी परिवर्तन भई मुल्य बढेपनि कोरोना संक्रमितको उपचारको उपयोगिता बारे अहिले नै ढुंक्क भैहाल्ने अवस्था छैन ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्