Techie IT
Mission Khabar

बढ्दै देशभर कोरोनाको त्रास, प्रदेश १ मा ११ र प्रदेश पाँचमा ४ संक्रमित थपिए


काठमाडौं विराटनगर । मंगलबार झापामा ९, सुनसरीमा २ र कपिलवस्तुको मायादेवी गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।

झापाको केचनकवल गाउँपालिकाका एक युवकमा सोमबार कोरोना पुष्टि भएको आधारमा ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र एक सशस्त्र प्रहरी कर्मचारी रहेको बताइएको छ । सुनसरीमा संक्रमितको संख्या ३ र झापामा १२ पुग्दा प्रदेश १ का विभिन्न जिल्लामा संक्रमितको संख्या ५४ पुगेको छ ।

यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये ३ जना वडा नम्बर ४ का र एक वडा नम्बर तीनका हुन् । १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएकाहरुको आरडीटी पोजेटि देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको थियो । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा मात्रै कोरोना पहिचान भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ४६ पुगेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्