Techie IT
Mission Khabar

नेपालमा कोरोना कहर : संक्रमित ४ सयबाट उकालो, ३७ जिल्ला प्रभावित


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । मंगलबार साँझसम्म थप २७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय २ पुगेको हो । आज थपिएकामध्ये तीन जना काठमाडौं र एक एक जना भक्तपुर र ललितपुरका हुन् ।

झापाका ९ जना, कपिलवुस्तका चार, मोरङ र सुनसरीका एक एक जना, सर्लाहीका २ जना, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासीका एक एक जनामा कोरोना पुष्टि भएको र का एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेर समुहका छन् ।

कोरोनाको प्रदेश र जिल्लागत संक्रमण

प्रदेश नम्बर एक -मोरङ, सुनसरी, झापा, उदयपुर, भोजपुर र खोटाङमा संक्रमित पहिचान । संक्रमितको संख्या – ५४

प्रदेश नम्बर दुई -पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा संक्रमित पहिचान । संक्रमित संख्या – १ सय ३५

बागमती प्रदेश –काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र रामेछाप मा संक्रमण पहिचान । संक्रमित संख्या- २७

गण्डकी प्रदेश- बागलुङ, लमजुङ र नवलपुरमा संक्रमित पहिचान । संक्रमितको संख्या -४

प्रदेश नम्बर पाँच- कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया दाङ, गुल्मी र नवलपरासीमा संक्रमित पहिचान  . संक्रमितको संख्या – १ सय ७६

सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा संक्रमण । कोरोना संक्रमितको संख्या – ५

कर्णाली प्रदेशको दैलेखमा एक जनामा कोरोना संक्रमण

सात प्रदेशका ३७ जिल्लामा विस्तार भएको कोरोनाले देशभर त्रासदी बढाएको छ । अहिलेसम्म पहिचान नहुँदै दुई कोरोना संक्रमितको मृत्यु भएको घटनाले थप जोखिम बढ्ने आँकलन गरिदैछ । उपचारपछि ३७ जना निको भएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्