Techie IT
Mission Khabar

पूर्व मन्त्री बस्नेतको दयालु मन, कोरोनाका कारण ज्यान गुमाएकी महिलाबाट जन्मिएको नवजात शिशुको सम्पूर्ण जिम्मेवारी 


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु भएकी पहिलो महिलाबाट जन्मिएको नवजात शिशुको पालन पोषण, शिक्षा र रोजगारीको जिम्मा नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतले लिने घोषणा गरेका छन् । नवजात शिशुलाई पौष्टिक आहार खुवाउन तुरुन्त नगद ५० हजार रुपैया दिएका नेता बस्नेतले १२ कक्षासम्म निःशुल्क शिक्षालगायत उच्च शिक्षा पश्चात् रोजगारीको सबै जिम्मेवारी आफूले लिने बताएका हुन् ।

बस्नेतले नवजात शिशुलाई हुर्काउन गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि शोकमा डुबेको परिवारमा केही राहत पुगेको छ । सिन्धुपाल्चोक बाह्रबिसे ९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएको थियो । १० दिनअघि मात्रै बच्चाजन्माएकी उनको निधनपछि गरिएको परिक्षणमा कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्