Techie IT
Mission Khabar

३८ जिल्लामा कोरोना विस्तार, सरकारसँगै नागरिक पनि जिम्मेवार भएनन्


काठमाडौं । नेपालमा कोरोना संक्रमित दैनिक ह्वात्तै बढेर ४ सय ३४ बाट उकालो लाग्ने क्रममा छन् । सुरुवाती समयभन्दा पछिल्लो समय परिक्षणको दायरा केही बढाइएपनि अझै पर्याप्त हुन सकेको छैन । लकडाउनको करिब ३ महिनामा पीसीआर परिक्षण ३५ हजार ४ सय ९४ र आरडीटी ७५ हजार ७२ भएका छन् । पछिल्लो २४ घण्टाको पीसीआर परिक्षण २ हजार ४ सय ८८ र आरडीटी ३ हजार ६ सय १० रहेको छ ।

बुधबार साँझसम्म २३ हजार २ सय २ क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बसेका साँढे २३ हजार बढी र होम क्वारेन्टाइनमा बसेका केहीले अझै कोरोना परिक्षण गर्न पाएका छैनन् । जाँच भएकाहरुको रिपोर्ट आउनै ढिलाई भैरहेको छ । अहिलेपनि भारतबाट दैनिक हजारौको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन् । यसरी भारतबाट नेपाल आएकामा सबैभन्दा बढी संक्रमण पहिचान हुँदा जोखिम घट्ने होइन् बढ्नेक्रममा देखिएको छ । अझ एप्स मार्फत जोडिएका सम्भावित संक्रमितको संख्या नै ४ सय २७ छ । यो विबरणले कोरोनाको महामारी थप बढ्ने संकेत गर्छ ।

कोरोना संक्रमणको प्रदेशगत बिवरण

कोरोना बिस्तार भएका जिल्ला ३८ । प्रदेश एकमा संक्रमितको संख्या ६६, प्रदेश २ मा १ सय ३६ बागमती २६ गण्डकी ४ प्रदेश पाँच नम्बर प्रदेशमा १ सय ९६, कर्णाली १ सुदुरपश्चिम ५ जना संक्रमित ।

कोरोना जाँच, क्वारेन्टाइन र आइसोलेसनबाटै जोखिम

एउटै ग्लोब लगाएर स्वास्थ्यकर्मीले धेरैको आरडीटी जाँच तथा स्वाब संकलन गर्दैआएका छन्, गर्दैछन् । यसरी प्रयोग हुने ग्लोबले समेत एकव्यक्तिमा हुनसक्ने कोरोना संक्रमण अन्यमा सर्नसक्ने जोखिम बढाएको छ । देशका अधिकांश क्वारेन्टाइन र आइसोलेसन विश्व स्वास्थ्य संगठनको मापदण्ड र सुविधा अनुसारका छैनन ।

सम्भावित जोखिमबाट बचाउन र कोरोनाको पहिचानका लागि क्वारेन्टाइनमा राखिने व्यक्तिहरुको खानपान, बस्ने कोठा, सौचालय लगायतका पूर्वाधार नै जोखिम बढाउने खालका छन् । भीडभाडयुक्त बसाई, प्रेसर नाप्ने मेसिन एउटै, सौचालय एउटै जसले संक्रमण थप बिस्तार हुने जोखिम बढाएको छ । कोरोना पहिचान भएपछि उपचारका लागि आवश्यक पर्ने आइसोलेसन समेत भद्रगोल । बस्ने, खाने, नुहाउने समस्या, सौचालय एउटै फोहोर नै फोहोर हुँदा यहाँबाट पनि जोखिम बढ्ने त्रासदी छ ।

प्रेसर जाच्ने मेसिन एउटै समयसमयमा खाना खाजा नपाउँदा कसरी रोगसँग लड्ने क्षमता बढाउने भन्ने चिन्तामा छन्, कोरोनाका बिरामीहरु । बुधबारसम्म मात्रै प्रदेश ५ मा सबैभन्दा बढी १४ हजार २ सय ६२ जना क्वारेन्टाइनमा छन् । यो प्रदेशमा संक्रमणको दर उच्च देखिएको छ भने भातरबाट स्वदेश फर्किनेहरुसँगै जोखिम पनि बढिरहेको छ । क्वारेन्टाइनमा बस्नेहरुले राम्रो हेरचाह त पाएका छैनन नै उनीहरुको कोरोना परिक्षण समेत निक्कै सुस्त छ ।

दुई जनाको मुत्युपछि संक्रमण पुष्टी

काभ्रेको धुलिखेल अस्पतालमा बिहिबार बेलुकी निधन भएकी २९ बर्षिय महिलाको दुई दिनपछि अर्थात् शनिबार साँझ मात्रै कोरोना संक्रमण पुष्टि भएको घटना र नेपालगञ्जको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्युपछिको संक्रमण पुष्टिले थप जोखिम र क्षतिको आँकलन गराएका छन् । अझ, सरकाले संक्रमण पुष्टि भएकाहरुको स्थायी ठेगाना र बसोबास गरेको स्थानबारे प्रष्ट जानकारी गराउन नसक्दा जोखिम थप बढ्दो क्रममा छ ।

नेपाल भारत सीमाको आवतजावत रोकेर परिक्षणको दायरा बढाउन, क्वारेन्टाइन र आइसोलेसनको पूर्वाधार सुधारमा सरकार अनि तपाई हामी आम नागरिकले आधारतभूत सुरक्षा सावधानीसहित सामाजिक दुरि कायम गर्नेमा ध्यान दिऔँ । यसले कोरोनाको बृद्धीसँगै बढ्दैगरेको त्रासदी केही भएपनि घटाउने छ ।।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्