Techie IT
Mission Khabar

कोरोना संक्रमित साँढे ४ सय नजिक, दिनहु बढ्दा देशभर त्रासदी


काठमाडौ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पछिल्लो पटक थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार बिहीबार बिहान झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १५ जना, धनकुटा र सुनसरीको धरान उपमहानगरपालिका निवासी एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको जिल्ला र प्रदेशगत बिवरण

कोरोना बिस्तार भएका जिल्ला ३८ । प्रदेश एक (मोरङ, सुनसरी, झापा, उदयपुर, भोजपुर, धनकुटा र खोटाङ) संक्रमितको संख्या – ७६
प्रदेश नम्बर दुई (पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी) संक्रमित संख्या – १ सय ३६
बागमती प्रदेश (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र रामेछाप) संक्रमित संख्या- २७
गण्डकी प्रदेश (बागलुङ, लमजुङ र नवलपुर) संक्रमित संख्या – ४
प्रदेश नम्बर पाँच (कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया दाङ, गुल्मी र नवलपरासी) संक्रमितको संख्या – १ सय ९६
सुदुरपश्चिम प्रदेश (कैलाली र कञ्चनपुर) संक्रमितको संख्या – ५
कर्णाली प्रदेशको दैलेखमा एक जनामा कोरोना संक्रमण

प्रदेश एकमा मात्रै संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किसकेका छन् । देशभर निको हुनेको संख्या ४५ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेका एक युवाको निधन भएको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्