कोरोना संक्रमणका कारण नेपालमा तेश्रो मृत्यु, महामारी बढ्ने खतरा
काठमाडौं । गुल्मी मदाने गाउँपालिका ६ का ४१ बर्षे कोरोना संक्रमितको रुपन्देही मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा निधन भएको छ । प्रदेश ५ स्थित सामाजिक विकास मन्त्रालयका अनुसार गुल्मी मदानेका शिक्षकको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।
प्रदेश मन्त्रालयले शव व्यवस्थापनको तयारी थालिएको र शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिएको छ । निमोनियाका कारण ढाडको अप्रेसन गरी पानी निकालेपछि भ्यानिलेटरमा राख्नुपरेको र सोही क्रममा निधन भएको आफन्तले बताएका छन् । जण्डिस, रुघा र ज्वरो आएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका उनी त्यहाँ निको नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिकमा पुगेका थिए । सो क्लिनिकले क्रिमसन अस्पताल रिफर गरेर उपचार सुरु भएको भोलिपल्ट दुई गते स्वाब संकलन गरेर परिक्षण गर्दा जेठ ५ गते कोरोना पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिलो पटक काभ्रेको धुलिखेल अस्पतालमा २९ बर्षिया सुत्केरी महिलाको कोरोना संक्रमणका कारण निधन भएको थियो । ती महिलामा मृत्युको दुई दिनपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, नेपालगञ्जको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको पनि क्वारेन्टाइनमै निधन भएपछि गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । यी दुई मृत्युपछिको संक्रमण पुष्टिले थप जोखिम र क्षतिको आँकलन गराएका छन् ।
भारतबाट नेपाउने आउनेहरुलाई अझैपनि रोक्न वा ब्यवस्थित तरिकाले ल्याउन नसक्दा संक्रमितहरु दिनहु बढिरहेका छन् । कतिपय स्थानमा त कोरोना पोजेटिभ देखिने ब्यक्ती नै क्वारेन्टाइनमा बस्दा अन्य व्यक्तिहरु संक्रमणको जोखिममा छन् । एउटै कोठामा धेरै बस्नुपर्ने, भीडभाड गरेर खानुपर्ने, पूर्वाधार नै नभएको फोहोर क्वारेन्टाइनका कारण समेत कोरोना संक्रमणले महामारिको रुप लिने सम्भावना देशैभरी बढिरहेको छ ।
प्रधानमन्त्रीले क्वारेन्टाईन र आइसोलेसन सुधार्न निर्देशन दिइरहेका छन् । सांसदहरुले नै परिक्षणको दायरा बढाउन माग गरिरहेका छन् । तर क्वारेन्टाइन, आइसोलेसन मापदण्ड अनुसार बनाउने र जाँचलाई तिब्रता दिने काम भएको पाइदैन । अस्तब्यस्त आइसोलेसन र संक्रमितको खानपानमा भैरहेको बेवास्ताले आत्मबल बनियो बनाएर कोरोनासँग लडिरहेकाहरुलाई मात्रै होइन, आम नेपालीलाई निरास बनाएको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्