Techie IT
Mission Khabar

उपत्यकाका सबै नाका सिल गर्न पत्राचार, काठमाडौं आउन आरडीटी रिपोर्ट चाहिने


काठमाडौं । बाहिरबाट आउनेका कारण काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेको निष्कर्ष सहित लकडाउन अवधिभर अत्यावश्यक बाहेकको आवागमनमा प्रतिबन्ध लगाइएको छ । गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कडाइकासाथ कार्यान्वयन गर्नसबै स्थानीय तहलाई पत्राचार गरेको हो ।

स्थानीय तहका प्रमुख र जनप्रतिनिधिको छलफलपछि गृहले उपत्यका प्रबेश निषेधलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने भएको छ । जेठ १ गतेको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई पत्राचार गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने छ । लुकिछिपि हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरेको गृहले नाका प्रवेशका सबै स्थानीय तहलाई स्थानीय प्रशासनसँगको समन्वयमा आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने भनेको छ ।

काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने व्यक्तिलाई समेत प्रवेश पूर्व नै स्वयं आफने खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौँ उपत्यका आउने अनुमति दिने गृहको पत्रमा उल्लेख छ । अब काठमाडौं आउने अत्यावश्यक काम बाहेकका सवारी साधन प्रवेश विन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामा नै रोकिनेछन् ।

गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए । उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्री रामबहादुर थापा वादललाई पटक पटक भेटेर उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गर्दै आएका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्