बिस्तार हुँदै कोरोना : ७ प्रदेशका ३८ जिल्लामा उच्च जोखिम, तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर ४ सय ५७ पुग्दा सबै सात प्रदेशमै संक्रमण बिस्तार भयो । ७७ मध्ये ३८ जिल्लामा फैलिएको कोरोना थप बिस्तार भएर महामारीको रुपमा देखापर्ने चिन्ता बढ्दैगर्दा सरकारको रोकथाम र उपचार तयारी भने भद्रगोल देखिएको छ ।
फागुन मसान्तसम्म १ जनामात्रै संक्रमित पहिचान भएको नेपालमा चैत मसान्तसम्म १२ जना संक्रमित पहिचान भए । यो समयसम्म विदेशबाट आएकाहरु त्यो पनि चार पाँच जिल्लामा मात्रै सिमित देखिएको कोरोना बैशाख लागेपछि भने एक्कासी बढ्न थालेको देखिन्छ । २ सय ७ जना कोरोना संक्रमित त बैशाखमा मात्रै पहिचान भए । यसरी संक्रमित पहिचान हुनेहरु अधिकांश भारत हुँदै नेपाल भित्रिएकाहरु र उनिहरुका परिवारका सदस्य थिए । यहि महिनाबाट छिटफुट रुपमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीमा समेत संक्रमण सर्न थाल्यो ।
बैशाख मसान्तसम्म अर्थात नेपालमा संक्रमण सुरुवात भएको तीन महिनामा २ सय १९ जनामा देखापरेको कोरोना भाइरसको संक्रमण जेठको आठ दिन बित्दैगर्दा २ सय २३ बढेर साँढे चारसयबाट उकालो लागेको छ । पछिल्लो समय प्रदेश र जिल्लागत रुपमा समेत बढ्दैगरेको संक्रमण दरले सिंगो देशलाई त्रसिद बनाएको छ ।
तिब्र गतिको संक्रमण नियालिरहेका कतिपय स्वास्थ्य क्षेत्रका जानकारहरु त सरकार र आम नागरिकको असाबधानीका कारण कोरोनाले महामारीको स्वरुप लिने खतरा बढेको बताउन थालेका छन् । जनस्वास्थ्यविद् डा रविन्द्रनाथ पाण्डेले भारतबाट आएका र क्वारेन्टाइनमा बसेका धेरै संक्रमित पहिचान भएको भन्दै अहिले नै भयावह अवस्था आयो भनेर डराउनुपर्ने अवस्था नभएपनि भारतको आवतजावत नरोक्दासम्म महामारीको जोखिम कायमै रहने बताए ।
सुरुवाती केही महिनासम्म केही जिल्ला र बिदेशबाट आउनेहरुमा मात्रै सिमित कोरोना अहिले सबै प्रदेशमा विस्तार भएको छ । बुधबार साँझसम्म ७७ जिल्ला मध्ये ३८ जिल्लामा संक्रमितहरु पहिचान भएका छन् । यी मध्ये, बाँके, पर्सा, कपिलवस्तु, झापा उदयपुर, रौतहट र काठमाडौंमा अन्य जिल्लाको तुलनामा संक्रमित उच्च दरमा बृद्धी भैरहेका छन् ।
नेपालमा पहिलो संक्रमितको स्वाब परीक्षणका लागि हङकङ पठाइएकोमा अहिले देशभर विभिन्न प्रयोगशालाबाट परिक्षण भैरहेको छ । तर आवश्यकता अनुसार परिक्षणको दायरा बढाउन नसकेको गुनासो अझैपनि ब्यापक छ । डा. पाण्डेले जाँचलाई बढाउनेपर्ने, लकडाउमा दिउँसोको समयमा मात्रै बजार पसल खोज्दा उपयुक्त हुने र काम बिशेषले बसोबास गरेको ठाउँ सार्वजनिक गरेर थप जोखिमबाट बचाउनुपर्ने बताएका छन् ।
जिल्ला र प्रदेशगत संक्रमितको अवस्था
८४ संक्रमित रहेको प्रदेश १ का मोरङ, सुनसरी, झापा, उदयपुर, भोजपुर, धनकुटा र खोटाङमा कोरोना पहिचान, प्रदेश नम्बर दुईका सबै जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा १ सय ३६ संक्रमित बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र रामेछापमा २७ जनामा कोरोना पहिचान । गण्डकी प्रदेशका बागलुङ, लमजुङ र नवलपुरमा ४ जना संक्रमित । प्रदेश नम्बर पाँचमा सबैभन्दा बढी १ सय १ संक्रमित । कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया दाङ, गुल्मी र नवलपरासीमा कोरोना विस्तार । सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा ५ पाँच संक्रमित पहिचान । कर्णाली प्रदेशको दैलेखमा एक जना संक्रमित पहिचान ।
संक्रमणको दर बढ्न थालेपछि सबै जिल्लामा उच्च सतर्कता अपनाइएको मात्रै छैन आवतजावतमा समेत कडाइ गरिएको छ । रपनि भारतबाट स्वदेश फर्किनेहरुलाई रोक्न वा बेवस्थित तरिकाले ल्याउन र जाँचलाई तिब्रता दिन नसक्दा कोरोना संक्रमितको संख्यासँगै देशभर महामारीको जोखिम थप बढेको छ । बिहिबार साँझसम्म ४९ जना उपचारपछि निको भएकोमा बाँके, गुल्मी र सिन्धुपाल्चोकमा एक÷एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्