Techie IT
Mission Khabar

एकै दिन २१ कोरोना संक्रमित निको भएर घर फर्किए, कोरोना जित्नेहरुको संख्या ७०


काठमाडौं । बाँकेको नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत २५ जना मध्ये २१ जना संक्रमितहरु शुक्रबार डिस्चार्ज भएका छन् । बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना कोरोना भाइरसबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार २० दिनको अस्पताल बसाईपछि २१ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । दोस्रो पटकको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएका सबैलाई सचेतना शिक्षा सहित घर पठाइएको छ । सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा अझै ४ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरुको समय नपुगेका कारण कोरोनाको पछिल्लो अवस्था बारे जाँच नगरिएको अस्पतालले जानकारी दिएको छ ।

नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएकोमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या १ सय १ पुगेको छ । शुक्रबार २१ जना संक्रमित निको भएसँगै कोरोना जितेर घर फर्किनेहरुको संख्या ७० पुगेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्