Techie IT
Mission Khabar

दिनहुँ बढ्दै कोरोना संक्रमित, भारतबाट आउनेका कारण नेपालमा संक्रमितको संख्या ५ सय नजिक


काठमाडौं । नेपालमा शुक्रबार बिहान ३० जना कोरोना संक्रमित पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट थप ३० जना संक्रमित थपिएर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको हो ।

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरवपालिका–६ केसरबाघ चितवनका ७४ वर्षीया पुरुष र ७३ वर्षीय महिला रहेका छन् । यस्तै, नवलपरासी सुस्ता गाउँपलिका–५ र रामग्राम नगरपालिका–३ निवासी ३३ र ३५ वर्षी पुरुष र १५ वर्षीय महिलामा पनि कोरोना देखिएको छ । यस्तै, अन्य संक्रमितमा कपिलवस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, र ५३ वर्षीय पुरुष तथा ८ वर्षीय बालिका रहेका छन् । कपिलवस्तुका संक्रमित मध्ये २ जना सञ्चारकर्मी रहेका छन् । सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ वर्षीय पुरुष तथा रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५ २७ ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष तथा १८ वषीय युवतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालले जानकारी दिएको छ ।

स्वास्थ्य अवस्था समान्य रहेका सबै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । पछिल्लो समय संक्रमित पहिचान भएका अधिकांश भारतबाट स्वदेश फर्किएकाहरु छन् । परिवार र समुदायस्तरमा समेत उनीहरुकै कारण संक्रमण सरेको पाइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्