Techie IT
Mission Khabar

४० जिल्लामा कोरोना बिस्तार, संक्रमित ५ सयबाट उकालो लाग्दा थप महामारीको जोखिम


काठमाडौं । नेपालमा दैनिकजसो कोरोना संक्रमितहरु बढिरहेका छन् । यसरी बढ्ने संक्रमितमा अधिकांश भारतबाट स्वदेश फर्किएर क्वारेन्टाइनमा बसेकाहरु बढी छन् । यसअघि नै सात प्रदेशमा विस्तार भएको कोरोना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार ४० जिल्लामा बिस्तार भएको छ ।

शुक्रबार एकैदिन ५९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ । अहिलेसम्म ३ जनाको कोरोनाका कारण मृत्यु हुँदा उपचारपछि ७० जना निको भएर घर फर्किएका छन् ।

यस्तो छ, ४० जिल्लामा फैलिएको कोरोनाको अवस्था

१ बाँकेमा ११५ संक्रमित, २१ जना उपचारपछि निको, १ को मृत्यु
२. पर्सामा ९१ जना संक्रमित, उपचारपछि निको ३ जना
३. कपिलवस्तु ६९ जना संक्रमित
४. झापामा ३५ संक्रमित, उपचारपछि निको भएका २
५. उदयपुरमा ३३ संक्रमित, उपचारपछि निको भएका २३
६. रुपन्देही २९ उपचारपछि निको भएका १
७. रौतहट २२, उपचारपछि निको भएका १
८ सर्लाही १९ जना संक्रमित
९.बारा ११ जना संक्रमित
१०.काठमाडौं १० जना संक्रमित, उपचारपछि निको भएका ५
११.धनुषामा ९ जना संक्रमित, उपचारपछि निको भएका १
१२. धनकुटामा ७ जना संक्रमित
१३. कैलालीमा ७ जना संक्रमित, उपचारपछि निको भएका ४
१४.नवलपरासी ६ जना संक्रमित
१५ दाङ ५ जना संक्रमित
१६.मोरङमा ५ जना संक्रमित
१७ चितवन ५ जना संक्रमित, उपचारपछि निको २
१८. भक्तपुर ४ जना संक्रमित, उपचारपछि निको भएका १
१९ धादिङ ३ जना संक्रमित, उपचारपछि निको भएका १
२०. महोत्तरी ३ जना संक्रमित
२१. सुनसरी ३ जना संक्रमित
२२. बागलुङमा २ जना संक्रमित, उपचारपछि निको भएका २
२३. मकवानपुर ३ जना संक्रमित
२४. बर्दिया २ जना संक्रमित
२५. नवलपुर २ जना संक्रमित
२६. सप्तरी २ जना संक्रमित
२७. भोजपुर १ संक्रमित, उपचारपछि निको भएका १
२८. कञ्चनपुर १ जना संक्रमित, उपचारपछि निको भएका १
२९. सिरहा १ जना संक्रमित
३०. काभ्रेपलान्चोक १ जना संक्रमित
३१. सिन्धुपाल्चोक १ जना संक्रमित, संक्रमितको मृत्यु १
३२. गुल्मी १ जना संक्रमित, संक्रमितको मृत्यु १
३३. दैलेख १ जना संक्रमित
३४. खोटाङ्ग १ जना संक्रमित
३५. ललितपुर १ जना संक्रमित
३६. लमजुङ १ जना संक्रमित
३७. सिधुली १ जना संक्रमित
३८. रामेछाप १ जना संक्रमित
३९. बैतडी १ जना संक्रमित
४०. डडेल्धुरा १ जना संक्रमित

शुक्रबार डडेलधुरा र बैतडीमा पहिलो पटक एक एक जना संक्रमित पहिचान भएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्