Techie IT
Mission Khabar

७ बर्षे बालिकाको आत्मबिश्वाससँग कोरोनाले हार मानेको त्यो पल…


काठमाडौं \बाँके । शुक्रबार एकैदिन ५९ जना कारोना संक्रमित थपिएको खबरले धेरैलाई निरास बनायो । अनि कोरोना महामारिको त्रासदी पनि थपियो । तर शुक्रबार नै खुसी र कोरोना जित्न हौसला बढाउने खालका दृश्यहरु सार्वजनिक भए ।

एउटा हातमा पुष्पगुच्छा, अर्को हातमा सेतो कागज, अनि बाँया हातमा अल्झाइएको निलो झोलासँगै काँधमा बिदाई गरिएको खादा लगाएर ७ बर्षिया बालिका खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट बाहिरिइन । शुक्रबार कोरोना भाइरसलाई जितेर घर फर्किएकी यी अबोध बालिकालाई सायदै कोरोना भाइरस के हो ? थाहा छैन । रपनि थुप्रै अबोध बालबालिका यो भाइरसको सामना गर्न बाध्य छन् ।

कसरी बालिकामाथी कोरोना संक्रमण भयो, खुल्न सकेको छैन् । कोरोनाको डर त्रास र भयलाई जित्दै सात बर्षिया बालिका पुष्पगुच्छा सहित अस्पतालको गेट बाहिर आउँदाको तस्वीर यतिबेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको मात्रै छैन धेरैले उनलाई शुभकामना दिइरहेका छन् । २० दिन अस्पतालको दुखद बसाईबाट उही खेल्ने रमाउने उमेरलाई परिपुर्ति गर्न फर्किएकी उनले धेरैलाई आँट भरेकी छिन । कोरोनालाई मैले त जिते तपाईहरुले पनि जित्न सक्नुहुनेछ । उनको यो शन्देषले धेरैलाई आत्मबल भर्नेछ ।

अन्य संक्रमितहरुको मनोबल यी अबोध बालिकाको तस्बीरले पनि बढाउने छ । शुक्रबार मात्रै बाँकेबाट २१ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा अर्को सबैलाई रुवाउने दृश्य देखियो । दुधे बच्चालाई बोकेर पुष्पगुच्छा सहित अस्पतालको गेटबाट बाहिरिदै गरेकी एक आमाको दृश्य पनि सबैलाई भाबुक बनाउने खालको थियो ।

उनीहरुसँगै बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका छन् । एकैपटक धेरै संख्यामा कोरोना संक्रमित निको भएको यो खुसीको खबरले धेरैलाई आत्मबल भर्नेछ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो । २१ जना एकैसाथ कोरोनालाई जितेर बाहिरिदै गर्दा चिकित्सक तथा अन्य ब्यक्तीहरुमा समेत खुसी छाएको थियो ।

अझै देशका विभिन्न स्थानमा कोरोना महामारीमुक्त हुन संघर्षरतहरु धेरै छन्, महामारी थप बढ्दैगर्दा मनोबल उच्च राखौं, सामाजिक दुरी कायम गर्ने, माक्स लगाउने लगाएतका स्वास्थ्य सावधानी तर्फ हरेक नागरिक सचेत बनौँ ।


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #corona update

तपाईको कमेन्ट लेख्नुहोस्