Techie IT
Mission Khabar

निरन्तर थपिदै कोरोना संक्रमित, नेपाल भारत सीमा नाकाको आवतजावतले महामारीको त्रास


काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक कपिलवस्तु, सर्लाही, रुपन्देही, बारा चितवन र काठमाडौंमा कोरोना संक्रमित भेटिएका हुन् । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, रुपन्देहीमा ८, बारा, चितवन र काठमाडौं जिल्लामा एक एक जना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म ७१ जना उपचारपछि निको भएकोमा ३ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ । विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सांसद अनि प्रदेश सरकारको पहलमा भारतमा फसेका नागरिकको उद्धार गरिदा सीमा क्षेत्रमा भीडभाड बढेको छ । यसरी स्वदेश फर्किएका धेरैमा कोरोना भाईरस संक्रमण पहिचान हुँदा ठूलै महामारीको सामना गर्नुपर्ने हो कि भन्ने चिन्ता बढाएको छ । रपनि नेपाल भारत सीमा नाकाबाट दैनिक ६ हजार बढी नेपाली स्वदेश फर्किने गरेका छन् ।

लकडाउनमा जारी रहेको सीमा क्षेत्रको अब्यवस्थित आवतजावतले देशभर महामारीको जोखिम बढाउँने आँकन गरिदैछ । यसरी बढ्ने संक्रमितमा अधिकांश भारतबाट स्वदेश फर्किएर क्वारेन्टाइनमा बसेकाहरु बढी छन् । यसअघि नै सात प्रदेशमा विस्तार भएको कोरोना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार ४० जिल्लामा बिस्तार भएको छ ।

यस्तो छ, ४० जिल्लामा फैलिएको कोरोनाको अवस्था

१ बाँकेमा ११५ संक्रमित, २१ जना उपचारपछि निको, १ को मृत्यु
२. पर्सामा ९१ जना संक्रमित, उपचारपछि निको ३ जना
३. कपिलवस्तु ७७ जना संक्रमित
४. रुपन्देही ३७ उपचारपछि निको भएका १
५. झापामा ३५ संक्रमित, उपचारपछि निको भएका २
६. उदयपुरमा ३३ संक्रमित, उपचारपछि निको भएका २३
७. सर्लाही ३२ जना संक्रमित
८.रौतहट २२, उपचारपछि निको भएका १
९.बारा १२ जना संक्रमित
१०.काठमाडौं ११ जना संक्रमित, उपचारपछि निको भएका ५
११.धनुषामा ९ जना संक्रमित, उपचारपछि निको भएका १
१२. धनकुटामा ७ जना संक्रमित
१३. कैलालीमा ७ जना संक्रमित, उपचारपछि निको भएका ४
१४.नवलपरासी ६ जना संक्रमित
१५ चितवन ६ जना संक्रमित, उपचारपछि निको २
१६.मोरङमा ५ जना संक्रमित
१७ दाङ ५ जना संक्रमित
१८. भक्तपुर ४ जना संक्रमित, उपचारपछि निको भएका १
१९ धादिङ ३ जना संक्रमित, उपचारपछि निको भएका १
२०. महोत्तरी ३ जना संक्रमित
२१. सुनसरी ३ जना संक्रमित
२२. बागलुङमा २ जना संक्रमित, उपचारपछि निको भएका २
२३. मकवानपुर ३ जना संक्रमित
२४. बर्दिया २ जना संक्रमित
२५. नवलपुर २ जना संक्रमित
२६. सप्तरी २ जना संक्रमित
२७. भोजपुर १ संक्रमित, उपचारपछि निको भएका १
२८. कञ्चनपुर १ जना संक्रमित, उपचारपछि निको भएका १
२९. सिरहा १ जना संक्रमित
३०. काभ्रेपलान्चोक १ जना संक्रमित
३१. सिन्धुपाल्चोक १ जना संक्रमित, संक्रमितको मृत्यु १
३२. गुल्मी १ जना संक्रमित, संक्रमितको मृत्यु १
३३. दैलेख १ जना संक्रमित
३४. खोटाङ्ग १ जना संक्रमित
३५. ललितपुर १ जना संक्रमित
३६. लमजुङ १ जना संक्रमित
३७. सिधुली १ जना संक्रमित
३८. रामेछाप १ जना संक्रमित
३९. बैतडी १ जना संक्रमित
४०. डडेल्धुरा १ जना संक्रमित

डडेलधुरा र बैतडीमा शुक्रबार पहिलो पटक संक्रमित पहिचान भएका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्