Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमित ६ सय नजिक, प्रदेश र जिल्लाको अवस्था यस्तो

प्रदेश नम्बर ५ मा मात्रै २७८ संक्रमित


काठमाडौं । शनिबार एकैदिन ७५ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । शनिबार बिहान ३२ जना, दिउँसो ३६ र राति ७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार शनिबार सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ३, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना, बैतडीमा चार जना, सुर्खेतमा ३ जनामा कोरोना पहिचान भएको छ । बर्दियामा, झापा, गुल्मी, बारा, चितवन र काठमाडौंमा एक एक जना संक्रमित थपिएका छन् ।

नेपालमा हालसम्म ३ जनाको कोरोनाबाट मृत्यु भइसक्दा ८० जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभर शनिबार साँझसम्म ४५ हजार ९ सय ५९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो केहि दिनमा मात्रै विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सांसद अनि प्रदेश सरकारको पहलमा भारतमा फसेका १० औँ हजार नागरिकको उद्धार गरिदा प्रदेश पाँ, कर्णाली र सुदुर पश्चिम प्रदेशका क्वरेन्टाइनमा भीडभाड बढेको छ । सीमा क्षेत्रमा अब्यवस्थित तरिकाले स्वदेश फर्किनेहरुको भीडभाडले कोरोनाको जोखिम बढाइरहँदा भारतबाट आएकाहरुमै सबैभन्दा बढी कोरोना पहिचान भएको छ । जनस्वास्थ्यविद्हरुले भारतबाट आउनेलाई रोक्न वा बेवस्थित गरिकाले ल्याउन नसके कोरोनाको महामारी झेल्नुपर्नेतर्फ सचेत गराइरहँदा नेपाल भारत सीमा नाकाबाट दैनिक ६ हजार बढी नेपाली स्वदेश फर्किरहेका छन् ।

यस्तो छ, ७ प्रदेश र ४१ जिल्लामा फैलिएको कोरोनाको अवस्था

प्रदेश नम्बर एक, संक्रमित संख्या ८६
१.झापामा ३६ संक्रमित, उपचारपछि निको भएका २
२.उदयपुरमा ३३ संक्रमित, उपचारपछि निको भएका २३
३.धनकुटामा ७ जना संक्रमित
४.मोरङ ५ जना संक्रमित
५.सुनसरी ३ जना संक्रमित
६.भोजपुरमा एक जना संक्रमित
७.खोटाङमा एक जना संक्रमित

प्रदेश नम्बर २, संक्रमितको संख्या १ सय ७२
१.पर्सा ९१ जना संक्रमित, उपचारपछि निको भएका ४
२.सर्लाहीमा ३३ जना संक्रमित
३.रौतहटमा संक्रमित २२ जना, उपचारपछि निको १
४.बारामा संक्रमित ११
५.धनुषामा संक्रमितको संख्या ९, उपचारपछि निको भएका १
६.महोत्तरीमा ३ जना संक्रमित
७.सप्तरी २ जना संक्रमित
८.सिराहामा १ जना संक्रमित

बागमती प्रदेश, संक्रमितको संख्या ३२
१.काठमाडौं ११ जना संक्रमित, उपचारपछि निको ४
२.चितवन ६ जना संक्रमित, उपचारपछि निको २
३.भक्तपुर ४ जना संक्रमित, उपचारपछि निको भएका २
४.धादिङ ३ जना संक्रमित, उपचारपछि निको भएका १
५.मकवानपुरमा ३ जना संक्रमित
६.सिन्धुपाल्चोक १ जना संक्रमित, संक्रमितको मृत्यु १
७.काभ्रेपलान्चोक १ जना संक्रमित
८.ललितपुरमा १ जना संक्रमित
९.रामेछापमा १ जना संक्रमित
१०.सिन्धुलीमा १ जना संक्रमित

गण्डकी प्रदेश, संक्रमितको संख्या ५
१.बागलुङमा २ जना संक्रमित, उपचारपछि निको २
२.नवलपुर २ जना संक्रमित
३.लमजुङमा १ जना संक्रमित

प्रदेश नम्बर ५, संक्रमित संख्या २ सय ७८
१.बाँकेमा १ सय ४२ संक्रमित, २१ जना उपचारपछि निको, १ को मृत्यु
२.कपिलवस्तु ८० जना संक्रमित, १० जना उपचारपछि निको भए
३.रुपन्देही ४० जना संक्रमित, उपचारपछि निको १
४.नवलपरासीमा ६ जना संक्रमित
५.दाङ ६ जना संक्रमित
६.बर्दियामा ३ जना संक्रमित
७.गुल्मीमा एक जना सक्रमित

कर्णाली प्रदेश, संक्रमित संख्या ४
१.सुर्खेतमा ३ जना संक्रमित
२.दैलेखमा १ जना संक्रमित

सुदुरपश्चिम प्रदेश, संक्रमित संख्या १४
१.कैलालीमा ७ जना संक्रमित, उपचारपछि निको ४
२.बैतडीमा ५ जना संक्रमित
३.कञ्चनपुर १ जना संक्रमित, उपचारपछि निको १
४.डडेलधुरा १ जना संक्रमित


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #corona update

तपाईको कमेन्ट लेख्नुहोस्