Techie IT
Mission Khabar

मौसममा अकस्मात बद्लाब, तीनदिन देशका विभिन्न भूभागमा हुरीबतासहित वर्षाको पूर्वानुमान


काठमाडौं । देशका विभिन्न भूभागमा आजदेखी तीनदिनसम्म हुरीबताससहित वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पश्चिम बंगाल र बंगलादेशको आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू भाग तथा तराईका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने भएको हो ।

महाशाखाले आइतबार, सोमबार र मंगलबारसम्मको पूर्वानुमान सहित जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हावाहुरीसहित वर्षाको पूर्वानुमान गरिएको छ । मौसमविद्का अनुसार अहिले पूर्व र मध्य भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेपनि दिउँसो मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली र पश्चिम पहाडी क्षेत्रमा आंशिक बदली रहने भएको छ । मध्य तथा पूर्वी पहाडी भू–भाग लगायत पूर्वी तराईका केही स्थान र पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको र राति पहाडी क्षेत्रमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ जनाइएको छ ।

मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको पूर्वानुमान गरिएको छ । यो प्रभाव मंगलबारसम्म कायम रहनेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्