Techie IT
Mission Khabar

बढ्दै कोरोना, संक्रमित ६ सयबाट उकालो लाग्दा ४२ जिल्ला रेडजोनमा

संक्रमित ६सय ३, ८७ जना निको हुँदा ३ जनाको मृत्यु


काठमाडौं । आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

काठमाडौंको सोह्रखुट्टेमा ६९ बर्षिय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । आज कोरोना पुष्टी हुनेमा मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६,काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तुका ३, र गुल्मीमा १ जना गरी १९ जना छन् ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बारदशी २ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराको कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा ठेगाना भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए ।

नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित पहिचान भएका छन् । नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका २३, ३३ र ४० वर्षीय ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कपिलबस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुषका साथै गुल्मीका ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुग्दा ८७ जना उपचारपछि निको भएका छन् । ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्