Techie IT
Mission Khabar

विस्तार हुँदै कोरोना : ४२ जिल्लामा यस्तो छ अवस्था


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या आइतबार साँझसम्म ६ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना थप संक्रमित पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तुका ३, र गुल्मीमा १ जना गरी १९ जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार एकैदिन ५९ जना र शनिबार ७५ जनामा कोरोना पहिचान भएको थियो । संक्रमित मध्ये ८७ जना उपचारपछि निको भएका छन् भने ३ जनाको कोरोनाकै कारण ज्यान गएको छ । पछिल्लो शुक्रबारदेखी शनिबारसम्म मात्रै २ सय ९९ जनामा कोरोना भेटिएको तथ्यांकले नेपालमा महामारी फैलिने जोखिम अत्यधिक छ ।

अझ पछिल्लो समय सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना भाईरस सरेको अवस्थामा पहिचान हुनुले कोरोनाको महामारी नियन्त्रण बाहिर जाने त होइन भन्ने जिन्ता बढाएको छ । पछिल्लो पटक नुवाकोटमा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमण थप विस्तारित हुने आँकलन गरिदैछ ।

यस्तो छ, ७ प्रदेशका ४२ जिल्लामा फैलिएको कोरोनाको अवस्था

प्रदेश नम्बर एक, संक्रमित संख्या ८७
१. झापामा ३५ संक्रमित, उपचारपछि निको भएका २
२. उदयपुरमा ३३ संक्रमित, उपचारपछि निको भएका २३
३. धनकुटामा ७ जना संक्रमित
४.मोरङ ६ जना संक्रमित
५. सुनसरी ३ जना संक्रमित
६. भोजपुरमा एक जना संक्रमित, उपचारपछि निको १
७ खोटाङमा एक जना संक्रमित

प्रदेश नम्बर २, संक्रमितको संख्या १ सय ७९

१ पर्सा ९४ जना संक्रमित, उपचारपछि निको भएका ७
२.सर्लाहीमा ३५ जना संक्रमित
३.रौतहटमा संक्रमित २३ जना, उपचारपछि निको भएका ३
४.बारामा संक्रमित १२, उपचारपछि निको २
५ धनुषामा संक्रमितको संख्या ९, उपचारपछि निको भएका १
६. महोत्तरीमा ३ जना संक्रमित
७ सप्तरी २ जना संक्रमित
८. सिराहामा १ जना संक्रमित

बागमती प्रदेश, संक्रमितको संख्या ३४

१. काठमाडौं १२ जना संक्रमित, उपचारपछि निको भएका ४
२. चितवन ६ जना संक्रमित, उपचारपछि निको २
३. भक्तपुर ४ जना संक्रमित, उपचारपछि निको भएका २
४. धादिङ ३ जना संक्रमित, उपचारपछि निको भएका १
५. मकवानपुरमा ३ जना संक्रमित
६. सिन्धुपाल्चोक १ जना संक्रमित, संक्रमितको मृत्यु १
७. काभ्रेपलान्चोक १ जना संक्रमित
८. ललितपुरमा १ जना संक्रमित
९. रामेछापमा १ जना संक्रमित
१० सिन्धुलीमा १ जना संक्रमित
११.नुवाकोट १ जना संक्रमित

गण्डकी प्रदेश, संक्रमितको संख्या ५

१ बागलुङमा २ जना संक्रमित, उपचारपछि निको भएका २
२. नवलपुर २ जना संक्रमित
३.लमजुङमा १ जना संक्रमित

प्रदेश नम्बर ५, संक्रमित संख्या २ सय ८०

१ बाँकेमा १ सय ४२ संक्रमित, २१ जना उपचारपछि निको, १ को मृत्यु
२. कपिलवस्तु ८० जना संक्रमित, १० जना उपचारपछि निको भए
३. रुपन्देही ४३ जना संक्रमित, उपचारपछि निको भएका ११
४. नवलपरासीमा ६ जना संक्रमित
५. दाङ ५ जना संक्रमित
६. बर्दियामा ३ जना संक्रमित
७. गुल्मीमा एक जना सक्रमित

कर्णाली प्रदेश, संक्रमित संख्या ४

१ सुर्खेतमा ३ जना संक्रमित
२.दैलेखमा १ जना संक्रमित

सुदुरपश्चिम प्रदेश, संक्रमित संख्या १४

कैलालीमा ७ जना संक्रमित, उपचारपछि निको भएका ४
२. बैतडीमा ५ जना संक्रमित
३. कञ्चनपुर १ जना संक्रमित, उपचारपछि निको भएका १
४.डडेलधुरा १ जना संक्रमित

बाँकेमा ४ र बर्दियाका एक जनामा कोरोना पुष्टि भएको भनिएपनि सरकारको तर्फबाट आधिकारीक रुपमा पुष्टि गरिएको छैन । पछिल्लो केहि दिनमा मात्रै विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सांसद अनि प्रदेश सरकारको पहलमा भारतमा फसेका १० औँ हजार नागरिकको उद्धार गरिएको तथ्यांक र भारतबाट स्वदेश फर्किएकामा देखिएको कोरोनाको संक्रमणले समेत कोरोनाको महामारी थप विस्तार हुने आँकलन गर्न थालिएको छ । पछिल्लो समय दैनिकजसो कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । भारतबाट स्वदेश फर्किनेहरुलाई ब्यवस्थित तरिकाले ल्याउन नसक्दा जोखिम बढेपनि आउने क्रम अझै रोकिएको छैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्