Techie IT
Mission Khabar

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्दा ४ को मृत्यु

काठमाडौंमा थपिए ३ जना कोरोना संक्रमित


काठमाडौं । सोमबार बिहान थप ७२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमण पहिचान हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएका रौतहट, काठमाडौं, कपिलवस्तु, धनुषा र बाराका ३७ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा परिक्षण गरिएका बाराका २१ रहेका छन् ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा परिक्षण गरिएका दैलेखका ५, प्रदेश अस्पताल सुर्खेत, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परिक्षण गरिएका सुर्खेतकै थप २ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परिक्षण गरिएका बाँके र बर्दियाका ५ जना रहेका छन् । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिक्षणबाट सप्तरीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विहान मात्रै टोखामा २ जना र बुढानिलकष्ठ क्षेत्रमा १ जना गरि काठमाडौंमा ३ जना, रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४, कपिलवस्तुमा ३, धनुषामा ३, सप्तरीमा २ र बर्दियामा १ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पछिल्लो पटक संक्रमण पहिचान भएका सबैको स्वास्थ्य अवस्था समान्य रहेको तथा उनीहरु चिकित्सकको सम्पर्कमा रहेका छन् ।

अहिलेसम्म उपचारपछि निको हुनेको संख्या १ सय ५ पुग्दा चार जनाको मृत्यु भएको छ । जेठ ४ गते राती वीरगञ्जको नेश्नल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका एक बृद्धको कोरोना जाँचको रिपोर्ट पोजेटिभ आएको हो । सरकारले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्