भारतमा बढेको कोरोना महामारीको असर, स्वदेश फर्किनेका कारण उकालो लाग्यो संक्रमणको ग्राफ

काठमाडौं । कोरोनाको महामारीले विश्वका २ सय १३ देश तथा स्वशासित क्षेत्रहरुमा प्रभाव जमाएको छ । कतिपय देश पूर्णरुपमा अक डाउन भैरहँदा केहीमा आंशिक लकडाउन छ । नेपाल पनि कोरोनाको महामारी रोकथामका लागि भन्दै बिगत दुई महिनादेखी ठप्प पारिएको छ । अमेरिका, रुस, ब्राजिल, स्पेन, युके, इटली, फ्रान्स, जर्मनसँगै भारतमा समेत पछिल्लो साय कोरोना संक्रमणको दर उच्च छ । छिमेकी राष्ट्र भारतमा तिब्र गतिमा बिस्तार भैरहेको कोरोनाको प्रभाव स्वरुप नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमितहरु बढिरहेका छन् ।
अहिले बढ्दै गरेको कोरोनाको संख्यामा भारतको प्रभाव नै सबैभन्दा बढी देखिन्छ । पछिल्लो समय प्रतिदिन ७ हजारभन्दा बढी संक्रमित थपिदै गरेको भारत लकडाउन भएपनि नेपालीहरुलाई स्वदेश फर्काउने हकमा करिब करिब खुल्ला जस्तै छ । भारतले सहज रुपमा नेपाल आउन दिएसँगै सीमा नाकामा दैनिक पाँच हजार बढी नेपालीहरुको भीडभाड छ भने स्वदेश फर्किनेपनि दैनिक पाँच हजार भन्दा बढी नै छन् । यसरी भारतबाट स्वदेश फर्किनेहरुमै सरेर आएको कोरोना नेपाल आएर पुष्टी हुँदा संक्रमण दर दैनिक रुपमा बढेको छ । जनस्वास्थ्यविद् डा.रविन्द्रनाथ पाण्डेय नेपालमा कोरोना संक्रमणको दर उच्च देखिनुमा भारतबाट स्वदेश फर्किएका नेपालीहरु भएको बताउँछन् ।
भारतमा कोरोनाको महामारी तिब्र गतिमा बिस्तार भएको पछिल्लो तथ्यांकले स्वयम भारतलाई मात्रै होइन्, नेपाललाई समेत असर गरेको छ । किनकी गत बैशाखदेखी अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरु भारतबाटै फर्किनेहरु छन् । प्रदेश नम्बर १, २, कर्णाली , सुदुरपश्चिम र प्रदेश नम्बर पाँचले सीमा नाकामा अलपत्र परेकाहरुलाई उद्धार गर्दै धमाधम स्वदेश फर्काइरहेका छन् । उनीहरुको उद्धार तथा स्वदेश फिर्ताको काम हेर्दा लाग्छ, कोरोनाको महामारी यहीबाट थप भयाबह बन्ने खतरा छ । जनस्वास्थ्यविद् डा.रविन्द्रनाथ पाण्डेय भन्छन्, अहिले नेपालमा कोरोनाको महामारी देखिएको छैन, भारतबाट आउनेहरुलाई रोक्न वा ब्यवस्थित तरिकाले ल्याउन नसक्ने हो भने भोलिका दिनमा भने महामारीको खतरा कायमै रहन्छ ।
हुन पनि हो, कोरोनाको महामारी तिब्र गतिमा बिस्तार भैरहेको भारतबाट यसरी दैनिक हजारौँ नेपालीहरु स्वदेश ल्याउँदा सामान्य भन्दा सामान्य सुरक्षा सावधानी समेत अपनाइएको देखिदैन । सीमा क्षेत्रमै अस्थायी क्वारेन्टाईन विकास गरेर हरेक व्यक्तिलाई सुरक्षित तरिकाले राख्ने र कोरोना जाँच गर्नुपर्ने भएपनि देशका कुनैपनि सीमा क्षेत्रमा यस्तो व्यवस्था गरिएको छैन । बरु आ–आफ्नो जिल्लाको स्थानीय तहमा पुगेर क्वारेन्टाइनमा बस्नेभन्दै असुरक्षित तरिकाले आउने र समुहमा यात्रा गर्नेहरुका कारण कोरोना प्रदेश, जिल्ला हुँदै गाउँ गाउँसम्म विस्तार भैरहेको छ । स्वदेश फर्किनेहरु यात्राका क्रममा वा क्वारेन्टाइनमै कहाँ कसरी संक्रमित हुनेहुन पत्तो छैन । सरकारले आफ्ना नागरिक स्वदेश फर्काउन गरेको पहल सकारात्मक भएपनि सुरक्षा साबधानीमा गरिरहेको हेलचेक्राइ गम्भिर छ ।
हरेक नागरिक आपत्त विपद्धमा स्वदेश फर्किन पाउनुपर्छ । तर स्वदेश आउनेहरुका कारण यहाँ रहेकाहरुलाई समस्यामा पार्ने गतिबिधि नहुने वातावरण सरकारले बनाउन सक्नुपर्छ । सोमबार मात्रै पनि प्रदेश १, पाँच र कर्णाली प्रदेशका सीमा नाकाबाट ६ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । यो क्रमले निरन्तरता पाउँदा जोखिम पनि कायमै छ । लकडाउन जारी गरेपनि नेपाल भारत सीमा नाकामा भैरहेको आवतजावत रोक्न वा बेवस्थित गर्न नसकेको सरकारले स्वास्थ्य जाँच, व्यवस्थित क्वारेन्टाइन अनि सुरक्षित यात्राको बन्दोबस्ती गर्न नसकेको गुनासो बढ्दैगर्दा कोरोना उच्चस्तरिय समितिका सदस्य समेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले समेत कमजोरी भएको स्विकार गरे । उनले स्वादेश ल्याउदा, क्वारेन्टाइन र आइसोलेशनको पूर्वाधार लगायतमा देखिएका कमि कमजोरी सुधार्ने थालनी भएको बताएका छन् ।
प्रदेश नम्बर २ को वीरगञ्ज, जलेश्वर, गौर लगायतका नाकासँगै प्रदेश १ को काकडभिट्टा धुलावारी क्षेत्रमा समेत स्वदेश फर्किनेहरुको भीडभाड छ । अझ प्रदेश पाँचको नेपालगञ्जस्थित रुपैडिया, रुपन्देहीको भैरहवा नाका बाँकेको जमुनाह र सुदुरपश्चिम प्रदेशका कैलालीस्थित गौरीफन्टा अनि कञ्चनपुरको गड्डाचौकी हुँदै स्वदेश फर्किनेहरु अहिलेपनि हजारौँ छन् । यो भीडलाई व्यवस्थित गरेर स्वदेश ल्याउन अनि संक्रमण नियन्त्रण गर्न सरकार गम्भिर बन्नुपर्छ । सीमा नाकाबाट प्रशासन, स्थानीय तह र सांसदहरुको पहलमा स्वदेश फर्किएकाहरुलाई बेवस्थित तरिकाले ल्याउन नसकेको सरकारले आधिकारिक तथ्यांक समेत राख्न सकेको छैन । नाका क्षेत्रमा मात्रै होइन, खुल्ला सीमाको फाईदा उठाउँदै लुकिछिपि स्वदेश फर्किनेहरु समेत पश्चिमदेखी पूर्वसम्म हजारौँ छन् ।
अस्तव्यस्त क्वारेन्टाईनका कारण कोही संक्रमित भैहाले अरुमा सर्ने जोखिम त छदैछ, क्वारेनटाइनको कष्टकर वास र खानपानबाट आत्तिएर भाग्नेहरुका कारण पनि कोरोना परिवार हुँदै टोलटोलमा पुग्ने जोखिम छ । पछिल्लो समय पहिचान भएका करिब ५० जना बाहेक सबै भारतबाट आएकाहरु नै भएको सरकारी तथ्यांकले पनि भारतबाट स्वदेश फर्किनेहरुसँगै नेपाल जोखिममा रहेको देखाएको छ । आवश्यक जाँच सहित सुरक्षित तरिकाले ल्याउन नसक्दा भारतबाट आउनेहरुकै कारण कोरोनाको संक्रमण थप बिस्तार भई नेपालको उपचारसेवा समेत प्रभावित हुने खतरातर्फ सरकार बेलैमा सचेत बन्नुपर्छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्