४३ जिल्लामा पुग्यो कोरोना, ६ सय ८२ संक्रमित हुँदासम्म १ सय ५५ जना निको भए

काठमाडौं । सुदुरपश्चिम प्रदेशको अछामस्थित मल्लेख गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण ४३ जिल्लामा बिस्तार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम सहित, बर्दिया र बारामा थप ६ जनामा कोरोना पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।
पछिल्लो पटक अछामको मेल्लेख गाउँपालिकामा १, बर्दियाको गुलरिया नगरपालिकामा ३ र बाराको जिराभवानी गाउँपालिकामा एक र कलैयामा १ जनामा कोरोना पुष्टि भएको हो । कलैयाका संक्रमित काठमाडौं घर भई कलैया बारामा कार्यरत रहेको बताइएको छ । अहिलेसम्म नेपालमा संक्रमित पहिचान भएका मध्ये १ सय ५५ जना उपचारपछि निको भएका छन् ।
वीरगञ्जस्थित नेश्नल मेडिकल कजेलमा उपचारका क्रममा निधन भएका एक बृद्धमा शब आफन्तले लगेर जलाएपछि आएको रिपोर्टमा कोरोना पुष्टि भएसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्