पछिल्लो १२ दिनमै थपिए ४ सय ४९ कोरोना संक्रमित, ४३ जिल्ला रेड जोनमा
६ सय ९४ मा संक्रमण पहिचान हुँदा ४ को मृत्यु
काठमाडौं । नेपालमा कोरोनाको संक्रमण बैशाखदेखी तिब्र गतिमा बृद्धी भैरहेको छ । नेपालमा माघ ९ गते पहिलो संक्रमित पहिचान भए । पहिलो संक्रमित पहिचान भएको करिब दुई महिनासम्म अर्थात फागुन मसान्तसम्म नेपालमा १ जनामात्रै कोरोना संक्रमित थिए ।
चैत मसान्तसम्म १२ जनामा पहिचान भएको कोरोना बैशाख मसान्तसम्म आइपुग्दा दिनहुँजसो बढेर २ सय १९ पुग्यो । जेठ पाँच गतेसम्म १ सय ५६ जना थपिएर संक्रमितको संख्या ३ सय ७५ पुगेकोमा जेठको १२ गतेसम्म आइपुग्दा नेपालमा ६ सय ९४ जनामा कोरोना संक्रमण पहिचान भएको छ । जेठको पछिल्लो १२ दिनमा मात्रै ४ सय ४९ जनामा कोरोना भाईरस संक्रमण पहिचान भएको छ ।
पछिल्लो समय संक्रमण पहिचानभएकाहरु अधिकांश भारतबाट स्वदेश फर्किएकाहरु छन् । उनीहरुबाटै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीमा कोरोना सरेको पाइदा थप महामारी बढ्ने आँकलन गरिदैछ । अहिलेसम्म उपचारपछि १ सय ५५ जना निको हुँदा ४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । तीन जनाको मृत्युपछि कोरोना पहिचान हुँदा एक जनाको उपचारका क्रममा कोरोना पहिचान भएको छ ।
यस्तो छ, ७ प्रदेशका ४३ जिल्लामा फैलिएको कोरोनाको अवस्था
प्रदेश नम्बर एक, संक्रमित संख्या ८६
१. झापामा ३५ संक्रमित, उपचारपछि निको भएका २
२. उदयपुरमा ३३ संक्रमित, उपचारपछि निको भएका २३
३. धनकुटामा ७ जना संक्रमित
४.मोरङ ६ जना संक्रमित
५. सुनसरी ३ जना संक्रमित
६. भोजपुरमा एक जना संक्रमित, उपचारपछि निको १
७ खोटाङमा एक जना संक्रमित
प्रदेश नम्बर २, संक्रमितको संख्या २ सय ३५
१ पर्सा ९५ जना संक्रमित, उपचारपछि निको भएका ५०
२.सर्लाहीमा ३५ जना संक्रमित, उपचारपछि निको भएका १
३.रौतहटमा संक्रमित ४७ जना, उपचारपछि निको भएका ३
४.बारामा संक्रमित ३६, उपचारपछि निको २, एक संक्रमितको मृत्यु
५ धनुषामा संक्रमितको संख्या १४, उपचारपछि निको भएका २
६. महोत्तरीमा ३ जना संक्रमित
७ सप्तरी ४ जना संक्रमित
८.सिराहामा १ जना संक्रमित
बागमती प्रदेश, संक्रमितको संख्या ३८
१. काठमाडौं १६ जना संक्रमित, उपचारपछि निको भएका ५
२. चितवन ६ जना संक्रमित, उपचारपछि निको २
३. भक्तपुर ४ जना संक्रमित, उपचारपछि निको भएका ३
४. धादिङ ३ जना संक्रमित, उपचारपछि निको भएका २
५. मकवानपुरमा ३ जना संक्रमित
६. सिन्धुपाल्चोक १ जना संक्रमित, संक्रमितको मृत्यु १
७. काभ्रेपलान्चोक १ जना संक्रमित
८. ललितपुरमा १ जना संक्रमित
९. रामेछापमा १ जना संक्रमित
१० सिन्धुलीमा १ जना संक्रमित
११.नुवाकोट १ जना संक्रमित
गण्डकी प्रदेश, संक्रमितको संख्या ५
१ बागलुङमा २ जना संक्रमित, उपचारपछि निको भएका २
२. नवलपुर २ जना संक्रमित
३.लमजुङमा १ जना संक्रमित
प्रदेश नम्बर ५, संक्रमित संख्या २ सय ९२
१ बाँकेमा १ सय ४६ संक्रमित, २१ जना उपचारपछि निको, १ को मृत्यु
२. कपिलवस्तु ८३ जना संक्रमित, ११ जना उपचारपछि निको भए
३. रुपन्देही ४३ जना संक्रमित, उपचारपछि निको भएका ११
४. नवलपरासीमा ६ जना संक्रमित
५. दाङ ५ जना संक्रमित, उपचारपछि निको भएका १
६. बर्दियामा ७ जना संक्रमित, एक जना उपचारपछि निको
७. गुल्मीमा २ जना सक्रमित
कर्णाली प्रदेश, संक्रमित संख्या २३
१ सुर्खेतमा १५ जना संक्रमित
२..दैलेखमा ८ जना संक्रमित
सुदुरपश्चिम प्रदेश, संक्रमित संख्या १५
१ कैलालीमा ७ जना संक्रमित, उपचारपछि निको भएका ४
२. बैतडीमा ५ जना संक्रमित
३. कञ्चनपुर १ जना संक्रमित, उपचारपछि निको भएका १
४.डडेलधुरा १ जना संक्रमित
५. अछाममा १ जना संक्रमित
अछममा पहिलो पटक संक्रमित पहिचान भएसँगै कोरोना बिस्तार भएका जिल्लाहरुको संख्या ६९४ पुगेको छ । पछिल्लो पटक सुर्खेतमा १२ जना संक्रमित पहिचान भएका छन् ।
स्वतन्त्र स्वास्थ्य विज्ञहरुले भारतबाट भैरहेको उद्धार र स्वदेश फिर्तालाई रोक्न वा ब्यवस्थित गर्न बारम्बार सरकारलाई सचेत गराएपनि दुबै काम हुन सकेको छैन । बरु अब्यवस्थित तरिकाले आउने र भीडभाड सहित आ आफ्नो स्थानीय तहमा पुग्ने क्रम जारी रहँदा कोरोनाले थप महामारीको रुप लिने आँकन गर्न थालिएको छ । पछिल्लो समय एकाएक बढेको संक्रमण दरले पनि थप जोखिमको संकेत गरेको छ ।
क्याटेगोरी :
जनचासो / सामाजिक सञ्जाल,
देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्