थपिए रौतहटमा २२ र बारामा ५ कोरोना संक्रमित, दुईजना नेपाली सेनाका कर्मचारी
७ सय २१ संक्रमित, ४३ जिल्ला रेड जोनमा
काठमाडौं । रौतहटमा थप २२ जना र बारामा पाँच जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।
रौतहटमा नयाँ पुष्टि भएका संक्रमितहरु मध्ये ११ जनाको ठेगाना खुलेको छैन, गौरमा पहिलो पटक ७ जना, देवाही गोनाही नगरपालिकामा ३ र राजेदेवी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ । रौतहटमा मात्रै संक्रमितको संख्या ६९ पुगेको छ । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई जना पचरौता नगरपालिकाको क्वारेन्टाइनको सुरक्षामा खटिएका नेपाली सेनामा कार्यरत र बाँकी ३ जना क्वारेन्टाइनमा बस्दै आएको व्यक्ति भएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।
संक्रमितको संख्या ४१ पुगेको बाराकै एक बृद्धको उपचारका क्रममा वीरगंजको नेश्नल मेडिकल कलेजमा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तो छ, ७ प्रदेशका ४३ जिल्लामा पछिल्लो कोरोना अपडेट
प्रदेश नम्बर एक, संक्रमित संख्या ८६
१. झापामा ३५ संक्रमित, उपचारपछि निको भएका २
२. उदयपुरमा ३३ संक्रमित, उपचारपछि निको भएका २३
३. धनकुटामा ७ जना संक्रमित
४.मोरङ ६ जना संक्रमित
५. सुनसरी ३ जना संक्रमित
६. भोजपुरमा एक जना संक्रमित, उपचारपछि निको १
७ खोटाङमा एक जना संक्रमित
प्रदेश नम्बर २, संक्रमितको संख्या २ सय ६२
१ पर्सा ९५ जना संक्रमित, उपचारपछि निको भएका ५०
२.सर्लाहीमा ३५ जना संक्रमित, उपचारपछि निको भएका १
३.रौतहटमा संक्रमित ६९ जना, उपचारपछि निको भएका ३
४.बारामा संक्रमित ४१, उपचारपछि निको २, एक संक्रमितको मृत्यु
५ धनुषामा संक्रमितको संख्या १४, उपचारपछि निको भएका २
६. महोत्तरीमा ३ जना संक्रमित
७ सप्तरी ४ जना संक्रमित
८.सिराहामा १ जना संक्रमित
बागमती प्रदेश, संक्रमितको संख्या ३८
१. काठमाडौं १६ जना संक्रमित, उपचारपछि निको भएका ५
२. चितवन ६ जना संक्रमित, उपचारपछि निको २
३. भक्तपुर ४ जना संक्रमित, उपचारपछि निको भएका ३
४. धादिङ ३ जना संक्रमित, उपचारपछि निको भएका २
५. मकवानपुरमा ३ जना संक्रमित
६. सिन्धुपाल्चोक १ जना संक्रमित, संक्रमितको मृत्यु १
७. काभ्रेपलान्चोक १ जना संक्रमित
८. ललितपुरमा १ जना संक्रमित
९. रामेछापमा १ जना संक्रमित
१० सिन्धुलीमा १ जना संक्रमित
११.नुवाकोट १ जना संक्रमित
गण्डकी प्रदेश, संक्रमितको संख्या ५
१ बागलुङमा २ जना संक्रमित, उपचारपछि निको भएका २
२. नवलपुर २ जना संक्रमित
३.लमजुङमा १ जना संक्रमित
प्रदेश नम्बर ५, संक्रमित संख्या २ सय ९२
१ बाँकेमा १ सय ४६ संक्रमित, २१ जना उपचारपछि निको, १ को मृत्यु
२. कपिलवस्तु ८३ जना संक्रमित, ११ जना उपचारपछि निको भए
३. रुपन्देही ४३ जना संक्रमित, उपचारपछि निको भएका ११, १ को मृत्यु
४. नवलपरासीमा ६ जना संक्रमित
५. दाङ ५ जना संक्रमित, उपचारपछि निको भएका १
६. बर्दियामा ७ जना संक्रमित, एक जना उपचारपछि निको
७. गुल्मीमा २ जना सक्रमित
कर्णाली प्रदेश, संक्रमित संख्या २३
१ सुर्खेतमा १५ जना संक्रमित
२..दैलेखमा ८ जना संक्रमित
सुदुरपश्चिम प्रदेश, संक्रमित संख्या १५
कैलालीमा ७ जना संक्रमित, उपचारपछि निको भएका ४
२. बैतडीमा ५ जना संक्रमित
३. कञ्चनपुर १ जना संक्रमित, उपचारपछि निको भएका १
४.डडेलधुरा १ जना संक्रमित
५. अछाममा १ जना संक्रमित
कोरोना संक्रमण ४३ जिल्लामा बिस्तार भैरहदा अधिकांश भारतबाट स्वदेश फर्किएकाहरु नै छन् । अग्र मोर्चामा बसेर काम गर्नुपर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीमा समेत कोरोना संक्रमण बिस्तार हुँदा थप महामारीको आँकन गर्न थालिएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्