Techie IT
Mission Khabar

एकैदिन थपिए ९० संक्रमित, ४४ जिल्लामा कोरोना विस्तार

७७२ पुगे कोरोना संक्रमित, अधिकांश भारतबाट आएका


काठमाडौं । मंगलबार एकैदिन ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित  हुनेकाे संख्या ७७२ पुगेकाे छ । नेपालमा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित पहिचान भएको पहिलो हो ।

जनसंख्या मन्त्रालयका अनुसार मंगलबार महोत्तरीका २ जना, बारामा कार्यरत जुम्लाका २ जना, बाराका ३ जना, रौतहटका २२ जना, सिरहाका ५ जना, धनुषाका १ जना, बाँकेका ८ जना, कपिलवस्तुका २६ जना, अर्घाखाँचीका २ जना, गुल्मीका २ जना, रूपन्देहीका १ जना, कैलालीका १ जना, अछामका १ जना, स्याङ्जामा पहिलो पटक २ जना र सुर्खेतका १२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो समय पहिचान हुने अधिकांश संक्रमित भातबाट घर फर्किएर क्वारेन्टाइनमा बसेकाहरू छन ।नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भएका छन्  ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्