Techie IT
Mission Khabar

कोरोनाको उपचार : औषधीको अभ्यास, खोपको आश


काठमाडौं\एजेन्सी । गत डिसेम्बर अन्तिम सातादेखी चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारीले यतिबेला बिश्वलाई सताइरहेको छ । अहिलेसम्म बिश्वव्यापी स्वास्थ्य समस्या निम्त्याएको नोबेल कोरोना कोभिड १९ को औषधि पत्ता लाग्न सकेको छैन । विश्वभरका वैज्ञानिकहरु औषधि र खोपको अनुसन्धानमा जुट्दा कतिपय देश र अस्पतालमा विभिन्न सरुवा रोगका औषधीको ट्रायल समेत भैरहेको छ ।

विश्वभर फैलिएको कोरोना खोपको निर्माणमा धेरैको ध्यान केन्द्रित हुँदा सकारात्मक प्रभावको दाबी अमेरिका, चीन जर्मन लगायतका देशबाट आएपनि पूर्ण रुपमा कहि कत्तै खोजले सफलता पाएको छैन । अहिलेसम्म १५० वटा खोपको परिक्षण भइरहेपनि मानवीय प्रयोगले पुर्ण सफलता पाएको छैन । खोपको खोजी जारी रहँदा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि अहिले पनि विभिन्न औषधीहरुलाई प्रयोगमा ल्याइदैछ ।

प्रयोगात्मक औषधी निर्माण र प्रयोग गर्न केही देश र औषधीको नाम हेरौँ

१) एन्टिबडी एजिथ्रोमाइसिनका साथ हाइड्राँक्सीक्लोरोक्वीन, प्रयोगमा ल्याउने देश अमेरिका ।

२) रिमिडिसिभिर र एन्टी इन्फ्लेमेटर ड्रग बारिकिटिनिब, अमेरिकाको एलर्जी र संक्रामक रोगहरुको राष्ट्रीय संस्थाले प्रयोगमा ल्याएको

३) फ्याविलाभिर, प्रयोगमा ल्याउने देश चीन ।

४) लोसार्टन औषधी, पयोगमा ल्याउने मिनेसोटा विश्वविद्यालय

५) एथराइटिसको औषधी टोसिलिजुमाब (कटेम्रा) प्रयोगमा ल्याउने देश फ्रान्स ।

६) इभरमेक्टिन र डोक्सीसिक्लिन, प्रयोगमा ल्याउने देश बंगलादेश ।

७) फविपिरावीर वा अविगान, प्रयोगमा ल्याउने देश जापान ।

हाइड्राँक्सीक्लोरोक्वीनको प्रयोगलाई अस्थायी रुपमा विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाएपनि अझै यसको प्रयोग भारत लगायतका देशमा रोकिएको छैन । यी केही प्रतिनिधि औषधी मात्रै हुन् । विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाविरुद्धको खोप तथा औषधि आविष्कार र प्रयोगमा केन्द्रित छन् । तर कुनैपनि प्रयोग र खोजले सफलता हात पार्न सकेको छैन । विभिन्न औषधीको खोज र प्रयोग विभिन्न देशमा भएपनि कोरोनाको संक्रमणमा कमी आउन सकेको छैन ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमित ५७ लाख हाराहारी पुगेका छन् । साँढे तीन लाख हाराहारीमै संक्रमितको मृत्यु हुँदा करिब २४ लाख मात्रै निको भएका छन् । कोरोनाको यो तथ्यांकले स्थिति असामान्य देखाएपनि विगत भन्दा उपचारपछि निको हुनेको संख्या बढ्नुले कोरोना जित्न सकिन्छ भन्ने आशा भने जगाएको छ ।

हुन त औषधीको प्रयोगले भन्दा पनि ८० प्रतिशतभन्दा बढी केसमा बिरामीकै रोग प्रतिरोधात्मक क्षमताका कारण निको भएको विभिन्न अध्ययनले देखाएका छन् । सामान्तया १५–२० प्रतिशत बिरामीलाई मात्रै उपचारको आवश्यकता पर्ने कोरोना रोकथामको औषधी र खोपको प्रतिक्षा यतिबेला विश्वले गरिरहेको छ । कहिले मिल्ला त औषधी र खोपको सफलता ? कुनैपनि देशको खोज अनुसन्धानकर्ता नै अहिले ढुक्क बन्ने अवस्थामा देखिदैनन ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्