हरेक दिन थपिदै कोरोना संक्रमित, अझै दुई महिना संक्रमण बढ्ने सरकारी आँकलन
लकडाउनको अत्याससँगै त्रासदी
काठमाडौं । बुधबार एकै दिन १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा रौतहटका ३५, झापाका १७, बाँकेमा १६, दाङका १५, सुर्खेतका १५, सप्तरीका ११, बाराका ८, बागलुङका ६,रुकुमपूर्वका ३, सिरहामा २ र मकवानपुरका १ छन् ।
काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको ल्याब परीक्षणमा एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएका हुन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमै उपचार सुरु गरिएको बताइएको छ । अहिलेसम्म संक्रमण देखिएकाहरुमा पुरुष ७ सय ९६ र महिला ९० जना रहेका छन् । कोरोना संक्रमण पहिचान भएका मध्ये १ सय ८३ जना उपचारपछि निको हुँदा ४ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दा नागरिकमा लकडाउनको अत्याससँगै त्रासदी बढिरहेको छ ।
भारतबाट स्वदेश फर्किएकाहरु धेरैमा संक्रमण पहिचान हुँदा व्यवस्थित तरिकाले ल्याउन सकिएको छैन । बरु सरकार उल्टै जोखिम थप बढ्ने आँकलन गरिरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ ।
नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु सम्मिलित टोलीले कोरोना भाइरसको अन्तर्राष्ट्रिय ट्रेण्डलाई हेरेर यस्तो आँकलन गर्दैगर्दा रोकथाम र संक्रमणपछिको उपचारमा सरकार गम्भिर नदेखिएको आरोप भने बढ्दो छ । यो आँकलन शतप्रतिशत नमिलेपनि पूर्वतयारीका लागी उपयोगी हुने सरकारी दाबी छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्