Techie IT
Mission Khabar

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु, मृतक ललितपुरका दिर्घ रोगी

कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो


काठमाडौं । ललितपुरमा कोरोना संक्रमणका कारण बुधबार थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा रहेका ५६ बर्षिया पुरुषको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।

ललितपुर महानगरपालिका २२, बुङ्मतिका मृतक कलेजो संक्रमणको पुरानै बिमारका कारण गत जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका थिए । किस्ट अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा निधनको केही बेर पछिमात्रै रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा यसअघि सिन्धुपाल्चोककी एक सुत्केरी महिला, बाँकेका एक युवा, गुल्मीका एक शिक्षक र बाराका एक बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उपचारपछि १ सय ८३ जना निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्