कोरोना संक्रमित ९ सय नाँघे, क्वारेन्टाइनमा बस्नेको संख्या नै ७० हजार बढी
७० हजार बढीको पीसीआर परिक्षणबाट ९०१ संक्रमित पहिचान

काठमाडौं । बुधबार एकै दिन १ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा रौतहटका ३५, झापाका १७, बाँकेमा १६, दाङका १५, सुर्खेतका १५, सप्तरीका ११, बाराका ८, बागलुङका ६,रुकुमपूर्वका ३, सिरहामा २ र मकवानपुरका १ छन् । यस्तै बुधबार राती सुर्खेतका १३ जना, बझाङका एक र अर्की एक बोल्न नसक्ने ठेगाना नखुलेकी महिलामा कोरोना पहिचान भएको छ । ललितपुरमा एक दिर्घ रोगीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ वीरेन्द्रनगर र पोखरामा गरिएको ल्याब परीक्षणमा एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएका हुन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमै उपचार सुरु गरिएको बताइएको छ । अहिलेसम्म संक्रमण देखिएकाहरुमा पुरुष ८ सय ०६ र महिला ९६ जना रहेका छन् । कोरोना संक्रमण पहिचान भएका मध्ये १ सय ८३ जना उपचारपछि निको हुँदा पाँच जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दा नागरिकमा लकडाउनको अत्याससँगै त्रासदी बढिरहेको छ ।
बुधबार साँझसम्म १ लाख बढी आरडीटी परिक्षण भएको छ भने ५८ हजार बढीको आरटी पीसीआर बिधिबाट परिक्षण गरिएको छ । बुधबार साँझसम्म ७० हजार बढी क्वारेन्टाइनमा छन् । क्वारन्टाइनमा रहेकाहरु अधिकांश भारतबाट स्वदेश फर्किएकाहरु हुन् । प्रधानमन्त्री स्वयमले भारतबाट स्वदेश फर्किनेहरु बिना स्वास्थ्य जाँच स्वदेश फर्किदा कोरोनाको महामारी बढेको दाबी गरिरहँदा स्वदेश फर्किनेहरुलाई व्यवस्थित तरिकाले ल्याउन सकिएको छैन । क्वारेन्टाइनमा बस्नेहरुको संख्या पछिल्लो एक सातमै ह्वात्तै बढे ७० हजार नाघेको तथ्यले नै भारतबाट दैनिक दशौँ हजार स्वदेश आएको देखाएको छ ।
अझ पछिल्लो समय कोरोना संक्रमण पहिचान हुने एक, दुई बाहेक अधिकांश भारतबाट स्वदेश फर्किएका नै छन् । सरकारले समयमै कोरोना परिक्षण गर्न नसकेको, जोखिमको पहिचान गर्न नसकेको तथा भारतबाट स्वदेश आउनेलाई रोक्न वा व्यवस्थित तरिकाले ल्याउन नसक्दा कोरोनाको महामारी बढेको भन्दै आलोचना भैरहेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्