Techie IT
Mission Khabar

विहिबार मात्रै थपिए ११७ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

४८ जिल्लामा विस्तार भयो कोरोना


काठमाडौं । कोशी अस्पतालमा गरिएको परीक्षण रिपोर्टका आधारमा प्रदेश एकको झापा कचनाकवलका थप २५ जनामा आज दिउँसो कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या हजार नाघेको छ । कर्णाली प्रदेशमा मात्रै दिँउसो ८ जना संक्रमित थपिएका छन् । बिहिबार विहान प्रदेश २ मा थप ७६ जनामा र बागमती प्रदेशको दोलखामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजै गण्डकीमा ४, सुदुरपश्चि प्रदेशमा ३  जना कोरोना भाइरस संक्रमित थपिएका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९ पुगेको छ ।

बिहिबार थपिनेमा प्रदेश १ को झापाका २५, प्रदेश २ को धनुषाका २९, महोत्तरीका १७ जना, सप्तरीमा १४, सर्लाहीका ७, सिरहाका, ६ रौतहटमा ३ जना र बागमती प्रदेशको दोलखाका एक छन् । यस्तै गण्डकी प्रदेशको स्याङ्जामा थप ३ जनामा र नवलपुरका एकजनामा कोरोना पहिचान भएको छ । आजै सुदुरपश्चिम प्रदेशको कैलालीका २ र दार्चुलाका एक जनामा कोरोना संक्रमण पुष्टि हुँदा दिँउसो मात्रै कर्णालीको दैलेखमा ८ जना कोरोना संक्रमित थपिएका छन् । अहिलेसम्म कोरोना संक्रमणले पाँच जनाको ज्यान लिएकोमा १ सय ८३ जना उपचारपछि निको भएका छन् ।

दोलखामा कोरोना संक्रमित पहिचान भएसँगै कोरोना विस्तार भएका जिल्लाहरुको संख्या ४८ पुगेको छ । भारतबाट स्वदेश फर्किएकाहरुमा संक्रमण दर तिब्र देखिदैगर्दा सरकारले समेत विज्ञहरुको अध्ययन सहित आगामी २ महिना कोरोनाको बिस्तार जारी रहने आँकलन गरेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्