Techie IT
Mission Khabar

बढ्दै तिब्र गतिमा कोरोना संक्रमण, एकैदिन थपिए १ सय ७१ संक्रमित

कोरोना संक्रमितको संख्या १२ सय नजिक


काठमाडौं । बिहीबार एकैदिन १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ११ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार राती धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि समेत रहेको बताइएको छ ।

बिहीबार झापामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार नै रौतहटका २० जनामा, महोत्तरीका १७, सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा १४ जना, दैलेखका ८ जना, स्याङजाका ३, दोलखाका २, सोलुखुम्बुका एक, कैलालीका ३ र दार्चुलाका एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । बर्दियाका ३ र बाँकेका एक पुरुष तथा कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा एकजना संक्रमित थपिएको प्रवक्ता देवकोटाले जानकारी दिए । यस्तै बिहिबार नै पर्साका ४ र म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म कोरोनाका कारण ५ जनाको ज्यान भएको छ भने १९० जना उपचारपछि घर फर्किएका छन् । बिहीबार भारतबाट आउँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका एक युवामा कोरोना पुष्टि भएपनि यसबारे सरकारले आधिकारिक घोषणा गरेको छैन ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्