Techie IT
Mission Khabar

यस्तो थियो रुकुम पश्चिमको विभत्स घटना, सडकदेखी सदनसम्म निश्पक्ष छानविनको माग


काठमाडौं/रुकुम । देश कोरोनाको कहरसँग जुधिरहेको छ । कोरोनाको त्रासदी बढिरहदा २०७७ जेठ १० गते शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा एउटा बिभत्स घटना घट्यो । जाजरकोटका पाँच जना युवाहरु भेरी नदिमा बेपत्ता भए । उनीहरु बेपत्ता हुनुको कारण थियो, अन्तरजातिय प्रेमलाई बिबाहमा परिणत गर्ने प्रयास ।

धेरैलाई मर्माहत पारेको घटना आखिर के थियो त ?

जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिक आफ्नो अन्तरजातीय प्रमेलाई बिबाहमा परिणत गर्न भन्दै जेठ १० गते साँझ पाँच बजे आफ्ना १९ जना साथीहरु सहित रुकुम पश्चिम सोतीस्थित पे्रमिका सुष्मा मल्लको घर पुग्छन् । केही टाढाबाटै नवराजलाई देखेकी सुष्माकी आमाले जातिय आधारमा गाली गलौच गरेपछि नवराज सहित उनका साथीहरु फर्किन्छन । तर केही मिटर फर्कन नपाउँदै स्थानीयको घेराबन्दीमा परेका उनीहरु मध्ये केहीले निर्घात कुटपिटको सामना गर्नुपर्छ भने केही साथीहरु भागेर ज्यान बचाउन सफल हुन्छन् । स्थानीयको भीड जम्मा गरेर युवाहरुमाथी निर्घात कुटपिट भएको घटनामा स्थानीय वडा अध्यक्ष डम्बरबहादुर मल्ल समेत संलग्न भएको आरोप लागिरहँदा भेरी नदिबाट बिहिबारसम्म पाँच जनाको शब भेटिएको छ । अन्य एक युवा अझै हराइरहेका छन् ।

यतिबेला नवराजको घरमा मात्रै होइन्, उनको अन्तरजातीय प्रेमलाई बिबाहमा परिणत गराउन सहयोगी बनेका कारण ज्यान गुमाउनुपरेका युवाहरुको घर र गाउँमा सन्नाटा छाएको छ । परिवार र आफन्तमा रुवाबासी छ । नवराजका आमा, बुबा बोल्न सक्ने अवस्थामा छैनन, अन्य मृतकका घर र आफन्तको हालत उस्तै बिजोक छ । एक जना बाटैबाट फर्किएर जोगिए भने बाँकी १२ जनाले भागेर ज्यान जोगाएको दाबी गरिरहेका छन् ।

भेरी नदीमा बेपत्ता भएकामध्ये नवराजको आइतबार बिहान शव फेला पर्यो । उनीसँगै गएका साथी चौरजहारीका टिकाराम सुनारको सोही दिन दिउँसो, दुई जना युवको शब बुधबार र अर्का एक युवाको शब बिहिबार भेटिएको छ । हराएका एक जनाको खोजी अझै जारी राखिएको छ ।
भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीसँगै स्थानीय केही सांसद, दलित नेता सांसद तथा अधिकारकर्मीले निष्पक्ष छानविनको माग गरिरहदा सत्तारुढ दलका नेताहरु घटनालाई राजनीतिकरण गर्न लागिपरेको आरोप लागेको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले अहिलेसम्म चौरजहारी नगरपालिका–८ का वडाध्यक्षसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउदा सडक र सदनको दबाबपछि गृह मन्त्रालयले छानविन समिति गठन गरेर थप अनुसन्धान अघि बढाएपनि निश्पक्ष अनुसन्धानमा प्रश्न उठिरहेको छ ।

यी तथ्य र आधारले भन्छ, युवाहरु निर्घात कुटपिटबाटै मारिएका हुनसक्छन् ।

तथ्य नम्बर एक : जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिक र पश्चिम रुकुमको चौरजहारी ८ सोतीकी सुस्मा मल्लबीच लामो समयदेखी अन्तरजातिय प्रेम सम्बन्ध
तथ्य नम्बर दुई : केटी केटाको घरमा आउने जाने गरेपनि केटीको घरमा जाँदा यसअघि नै केटाले कुटपीट सहनुपरेको घटना ।
तथ्य नम्बर तीन : भागेर बाँचेको दाबी गर्ने साथीहरुले गाउँ नै उर्लिएर निर्घात कुटपिट गरेको भन्दै दिएको बयान ।
तथ्य नम्बर चार : घटनास्थल नजिककाले नै गाउँलेले लखेटेको भन्दै गरेको स्विकार ।
तथ्य नम्बर पाँच : ईलाका प्रहरी कार्यालयबाट लखेटेको र कुटेको देखेर त्यसो नगर्न भन्दै सम्झाएको स्विकारोक्ति ।
तथ्य नम्बर ६ : जातिय प्रेम र बिबाह प्रयासकै कारण लखेटी लखेटी कुटिएको मानव अधिकारकर्मीको फिल्ड अध्ययन ।
तथ्य नम्बर ७ : बुधबार टाउकामा गम्भिर चोट लागेको अवस्थामा एक युवाको शब भेटिनु ।

अन्तरजातिय प्रेमलाई भागी बिबाह मार्फत सफल बनाउन भन्दै घटना घट्ने समयासँगै पुगेर बाँचेका युवाहरुको बयान मात्रै होइन्, मानवअधिकारकर्मी, स्थानीय प्रहरी र शबमा देखिएका सबुतहरुले घटना गम्भिर अपराधीक प्रकृतिको थियो भन्ने उजागर गरेका छन् । कानुनले बर्जित गरेको जातभातलाई उठाएर यो हदसम्मको गम्भिर अपराध गर्ने र गराउने जो कोही भएपनि कानुनको दायरामा आउनुपर्छ पीडित परिवार मात्रै होइन, सांसद नेता तथा आम जनताले सरकारसँग यहि अपेक्षा गरिरकेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्