पछिल्लो २४ घण्टामा थपिए १ सय ७० संक्रमित, १२ सय १२ मा कोरोना पहिचान
५२ जिल्लामा कोरोना विस्तार

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ७० जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये अहिलेसम्म २०६ जना निको भएर घर फर्किदा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १९ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ र पीसीआर विधिबाट ६४ हजार १ सय ४४ को नमुना परीक्षणहरु गरिएको छ ।
शुक्रबारको अपडेट अनुसार देशभरी १ हजार जना आइसोलेसनमा र ९९ हजार ३ सय ३६ जना क्वारेन्टाईनमा छन् । कोरोना भाइरसको संक्रमण ५२ जिल्लामा विस्तार भएको छ ।
क्याटेगोरी :
देश / प्रदेश,
शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्