दैलेखस्थित क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना पुष्टि,मृतकको संख्या ७ पुग्यो

काठमाडौं। दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ स्थित क्वारेन्टाइनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आयसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
कर्णाली प्रदेशकाे सामाजिक विकास मन्त्रालयका अनुसार क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीया युवकको क्वारेन्टाइनमा मृत्यु भएको थियो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा मृत्युपछी मात्रैै रिपोर्ट आएको छ ।
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेको १० दिनपछि उनको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा एक/एक जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्