लकडाउन अब जेठ ३२ सम्म, आवश्यक परे सेना समेत परिचालन गरिने
असार १६ गतेसम्म सीमा नाका र अन्तर्राष्ट्रिय उडान स्थगन

काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउन जेठ ३२ जेठसम्म जारी रहने भएको छ । शनिबारको मन्त्रिपरिषद् बैठकले थप १२ दिन लकडाउन लम्ब्याउने निर्णय गरेसँगै बन्दाबन्दीको समयसिमा जेठ ३२ सम्म लम्बिने भएको हो ।
यो बिचमा विज्ञहरुसँग परामर्श गरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने तयारी सरकारले गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले लकडाउनको आगामी मोडालिटी अर्था कहाँ खुकुलो कहाँ कसरी कडाइ गर्ने भन्ने बारेको निर्णय कोभिड उच्चस्तरिय समितिले गर्ने जानकारी दिए । चैत ११ गतेदेखि गरेको लकडाउनको यसअघिको समयसिमा जेठ २० गतेको थियो ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेकै कारण लकडाउन लम्ब्याउने निर्णयमा पुगेको सरकारले संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि बसेको सुरक्षा परिषद् बैठकको सिफारिस अनुसार पछिल्लो निर्णय आएको हो । लकडाउनसँगै सरकारले असार १६ गतेसम्म सीमा नाका र अन्तर्राष्ट्रिय उडान स्थगन राख्ने निर्णय गरेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्