राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणाको अमेरिकासहित विभिन्न देशमा आलोचना भएको हो । युरोपियन युनियन (इयु) ले ट्रम्पलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न सुझाब दिदा बिश्वब्यापी आलोचना सुरु भएको  छ । जमर्नीका स्वास्थ्य मन्त्रीले ट्रम्पको घोषणा अन्तर्राष्ट्रिय स्वास्थ्यका लागि गम्भीर निरासा भएको भन्दै आपत्ति जनाएका छन् ।अमेरिकी सिनेटको स्वास्थ्य कमिटिका प्रमुख, रिपब्लिकन पाटीले अहिले डब्लुएचओबाट बाहिरिने उपयुक्त समय नभएको जनाएका छन् ।

ट्रम्पले डब्लुएचओ कोरोना भाइरसको महामारीलाई लिएर चीनलाई जिम्मेवार एवम् पारदर्शी बनाउन असफल रहेको आरोप लगाउँदै सम्बन्ध समाप्तको घोषणा गरेका थिए । ट्रम्पको पछिल्लो घोषणालाई लिएर बेलायत, दक्षिण अफ्रिका लगायतका राष्ट्रमा चौतर्फी आलोचना बढिरहेको छ ।