Techie IT
Mission Khabar

चीनले तयार पारेको खोप तेश्रो चरणको परिक्षणमा, यहि वर्षबाट प्रयोगमा आउने दाबी


काठमाडौं एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध बनाइरहेको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने भएको छ । कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि विश्वभरका वैज्ञानिकहरु लागिपर्दा चीन सरकारले यहि वर्षको अन्त्यसम्ममा खोप तयार गर्ने जानकारी गराएको हो ।

विभिन्न औषधीहरुको प्रयोग उपयोगी बन्न नसक्दा खोपलाई नै कोरोना भाइरसविरुद्धको एक मात्र प्रभावकारी विकल्पका रुपमा हेरिएको छ । चीनिया सरकारको सम्बन्ध पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन सक्ने बताइएको छ । ढिलाई भएपनि सन् २०२१ को सुरुवातमै खोप प्रयोगमा आउने आँकलन गरिएको छ । वुहान इन्स्टिच्युड अफ बोयोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूड अफ बायोलोजिकल प्रोडक्ट्स मिलेर खोप बनाइरहेका छन् । अहिले खोपले दोस्रो चरण पार गरेको बताइएको छ ।

एसएएसएसीका अनुसार बेइजिङ्ग इन्स्टिच्युडले प्रतिवर्ष १०० मिलियनदेखि १२० मिलियन डोज खोप उत्पादन गर्न सक्ने छ । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वभर ६१ लाख ५६ हजार बढी संक्रमित भएका छन् भने करिबब तीन लाख ७१ हजारको मृत्यु भएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्